back

एनआरएनए स्पेनको अपिल

वि.सं.२०७६ जेठ १३ सोमवार

471 

shares

स्पेनमा कार्यरत स्याङजाका पुजन कोइरालाको सडक दुर्घटनामा मृत्यु भएपछि  गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनले आर्थिक सहयोगका लागि अपिल गरेको छ ।

दुर्घटनामा मृत्यु भएका कोईरालाको परिवारका लागि आर्थिक सहयोग जुटाउनका लागि स्पेनमा रहेका नेपाली दाजुभाइ, दिदी बहिनी तथा नेपाली संघ संस्थाहरु, एनआरएनए क्षेत्रिय समिति लगायतलाई आर्थिक सहयोगका लागि संघले अनुरोध गरेको हो ।
संघको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तो छ संस्थाद्धारा जारी गरिएको सूचना
गत २५ मे २०१९ शनिवारका दिन बार्सिलोनामा भएको दुःखद सडक दुर्घटना परि ज्यान गुमाउनुहुने नेपाल स्याङजा जिल्ला बिरूवा–६ स्थाई घर भई हाल बार्सिलोना बस्दै आउनुभएका पुजन कोईरालाको असामहिक निधनले स्पेन बासी नेपाली समुदायलाई स्तब्ध तुल्याएको छ । यस दुःखद घडिमा मृत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछौ साथै शोकाकुल परिवारजन प्रति धैर्य धारण गर्न सकुन भनी भगवान सँग प्राथना गर्दछौ ।
यसै बिषयमा आज बसेको एनआरएनए स्पेन लगायत सम्पूर्ण स्पेन स्थित संघ संस्थाहरू तथा नेपाली समुदायको आकस्मिक बैठकले स्व. पुजन कोईरालाको परिवारको सहयोगको लागि आर्थिक सहयोग जुटाउने निर्णय गरेको हुँदा सम्पूर्ण स्पेनमा रहेका जातिय, क्षेत्रिय, राजनैतिक, युवा, कलाकार, पत्रकार, ब्यवसायी र संघ संस्थाहरू, एनआरएनए क्षेत्रिय समितिहरू लगायत नेपाली समुदायलाई यस दुःखको घडिमा यथासक्य छिटो सहयोग संकलन गरि सहयोग पुराईदिनुहुन एनआरएनए स्पेन हार्दिक अपिल गर्दछौ ।’

गैर आवासीय नेपाली संघ स्पेन तथा
नेपाली समुदाय, स्पेन

सवारी दुर्घटनामा परेर स्पेनमा एक नेपालीको मृत्यु

वि.सं.२०७६ जेठ १३ सोमवार १३:५५ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...