back
CTIZAN AD

न्युजिल्यान्डमा ७.६ रिक्टर स्केलको शक्तिशाली भूकम्प

वि.सं.२०७३ कात्तिक २९ सोमवार

681 

shares

newzeland२९ कात्तिक, क्याइटचर्च (न्युजिल्यान्ड) । न्युजिल्यान्डको दक्षिणी द्विपमा आइतबार मध्यराति शक्तिशाली भूकम्प गएको छ । यस भूकम्प ७.६ रिक्टर स्केलको मापन गरिएको न्युजिल्यान्डको भूकम्प मापन केन्द्र जियोनेटले जानकारी दिएको छ ।

त्यसैगरी भूकम्प ७.८ रिक्टर स्केलको भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । त्यसैबीच चिनियाँ भूकम्प मापन केन्द्रले यस भूकम्प ८.० भएको जानकारी दिएको छ ।

यसप्रकार भूकम्पको मापन भिन्दाभिन्दै आएको छ । तर भूकम्प शक्तिशाली भएको यस भूकम्पपछि सुनामी चेतावनी दिइएको र विद्युत र टेलिफोन लाइनहरू अवरुद्ध भएको बताइएको छ ।

सो भूकम्प स्थानीय समायानुसार सोमबार बिहान सबेरै १२ः०२ बजे गएको बताइएको छ । सो ठूलो भूकम्पपछि ६.६ रिक्टर स्केलको पराकम्पनहरू गएको बताइएको छ ।

यी पराकम्पनहरू दक्षिण र उत्तरी द्विपका शृखलाबद्ध रूपमा गएको बताइएको छ ।

यस भूकम्पको केन्द्रविन्दु दक्षिण पर्यटकीय सहर क्याइटचर्चबाट १३० किलोमिटर दक्षिणपश्चिममा र ह्यानमर स्पिङबाट १५ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराईमा रहेको बताइएको छ ।

यस भूकम्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त भएको छैन । तर ठूलो भूकम्पपछि आएको शक्तिशाली पराकम्पनहरूले केन्द्रविन्दु नजिकै रहेको चेभिओत ग्रामीण नगरबस्तीका भवनहरू क्षतिग्रस्त भएको बताइएको छ ।

शक्तिशाली भूकम्पपछि प्रधानमन्त्री जोन किले टवीट्रमार्फत मध्यरातमा गएको यस भूकम्पपछि प्रत्येक व्यक्ति सकुशल रहेको विश्वास गर्नु भएको बताउनुभएको छ । एएफपी
तस्बिर : बिबिसी

वि.सं.२०७३ कात्तिक २९ सोमवार ०४:०७ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...