back

न्युजिल्यान्डमा ७.६ रिक्टर स्केलको शक्तिशाली भूकम्प

वि.सं.२०७३ कात्तिक २९ सोमवार

411 

shares
GLOBAL IME AD
NTC AD

newzeland२९ कात्तिक, क्याइटचर्च (न्युजिल्यान्ड) । न्युजिल्यान्डको दक्षिणी द्विपमा आइतबार मध्यराति शक्तिशाली भूकम्प गएको छ । यस भूकम्प ७.६ रिक्टर स्केलको मापन गरिएको न्युजिल्यान्डको भूकम्प मापन केन्द्र जियोनेटले जानकारी दिएको छ ।

त्यसैगरी भूकम्प ७.८ रिक्टर स्केलको भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । त्यसैबीच चिनियाँ भूकम्प मापन केन्द्रले यस भूकम्प ८.० भएको जानकारी दिएको छ ।

यसप्रकार भूकम्पको मापन भिन्दाभिन्दै आएको छ । तर भूकम्प शक्तिशाली भएको यस भूकम्पपछि सुनामी चेतावनी दिइएको र विद्युत र टेलिफोन लाइनहरू अवरुद्ध भएको बताइएको छ ।

सो भूकम्प स्थानीय समायानुसार सोमबार बिहान सबेरै १२ः०२ बजे गएको बताइएको छ । सो ठूलो भूकम्पपछि ६.६ रिक्टर स्केलको पराकम्पनहरू गएको बताइएको छ ।

यी पराकम्पनहरू दक्षिण र उत्तरी द्विपका शृखलाबद्ध रूपमा गएको बताइएको छ ।

यस भूकम्पको केन्द्रविन्दु दक्षिण पर्यटकीय सहर क्याइटचर्चबाट १३० किलोमिटर दक्षिणपश्चिममा र ह्यानमर स्पिङबाट १५ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराईमा रहेको बताइएको छ ।

यस भूकम्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त भएको छैन । तर ठूलो भूकम्पपछि आएको शक्तिशाली पराकम्पनहरूले केन्द्रविन्दु नजिकै रहेको चेभिओत ग्रामीण नगरबस्तीका भवनहरू क्षतिग्रस्त भएको बताइएको छ ।

शक्तिशाली भूकम्पपछि प्रधानमन्त्री जोन किले टवीट्रमार्फत मध्यरातमा गएको यस भूकम्पपछि प्रत्येक व्यक्ति सकुशल रहेको विश्वास गर्नु भएको बताउनुभएको छ । एएफपी
तस्बिर : बिबिसी

वि.सं.२०७३ कात्तिक २९ सोमवार ०४:०७ मा प्रकाशित

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

  बेइजिङ । कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका,...

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

नयाँदिल्ली । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि...

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक...

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...