back

भाजपा कार्यकर्ताको हत्या

वि.सं.२०७६ जेठ १३ सोमवार

603 

shares

१३ जेठ, नयाँ दिल्ली ।  भारतीय जनता पार्टी (भाजपा) का एक जना कार्यकर्ताको पश्चिम बङ्गालमा गोली हानी हत्या भएको छ । भारतको पश्चिम बङ्गालमा हतियारधारी अज्ञात व्यक्तिले गोली हानेर ती व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

हत्या हुनेमा ३६ बर्षका चन्दन साउ रहेको बताइएको छ । उनीमाथि आइतबार राति भातपारा क्षेत्रमा आक्रमण भएको हो । घटनास्थल पश्चिम बङ्गाल प्रदेशको राजधानी कोलकातादेखि ३३ किलोमिटर टाढा पर्दछ । गोली लागेका साउलाई तत्कालै अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषित गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । घर फर्किरहेका बेला साउलाई दुई वट मोटरसाइकलमा आएका चार व्यक्तिले गोली हानेको प्रहरीको भनाई छ ।

वि.सं.२०७६ जेठ १३ सोमवार १४:३२ मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...