back

कारागारमा भएको झडपमा १५ जना कैदीको मृत्यु

वि.सं.२०७६ जेठ १३ सोमवार

624 

shares

१३ जेठ, साओ पाउलो ।  ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच आइतबार भएको झडपमा १५ जना कैदीको मृत्यु भएको क्षेत्रीय कारागार कार्यालयले जनाएको छ ।अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा स्थानीय समयानुसार बिहान ११ बजेट झडप शुरु भएको थियो ।

कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले कैदीहरुले दाँत माझ्ने ब्रस लगायतका सामानको प्रयोग गरी एकअर्कामाथि आक्रमण गरेको र कतिपयलाई चक्कुको प्रयोग गरेको जानकारी दिए । उनले उक्त घटनाको अनुसन्धान शुरु भइसकको पनि बताए ।यही कारागारमा सन् २०१७ को जनवरीमा हिंसा भड्किँदा ५६ जनाको ज्यान गएको थियो । ब्राजिलमा विश्वमै सबैभन्दा बढी मानिस कैदीबन्दीका रुपमा रहेका छन् । सरकारी तथ्याँक अनुसार ब्राजिलमा सन् २०१६ को जुन महिनामा सात लाख २६ हजार ७१२ जना कैदीबन्दी छन् ।तर ब्राजिलका कारागारको क्षमताभन्दा दोब्बर बढी मानिस थुनामा रहेका छन् । सन् २०१६ मा कारागारका क्षमता करिब तीन लाख ६८ हजार मात्र थियो ।

निकै भिडभाड देखिने ब्राजिलका कारागारमा ग्याङ (समूह) भिडन्त हुने गरेको छ । यहाँ कारागारभित्र दङ्गा भड्किने र कारागार तोड्ने प्रयास पनि बेलाबखत भइरहन्छन् ।अमेजोन जङ्गल नजिकको बेलेम कारागारमा गत अप्रिलमा भएको यस्तै भिडन्तमा २१ जना कैदीबन्दीको मृत्यु भएको थियो ।

वि.सं.२०७६ जेठ १३ सोमवार १५:२९ मा प्रकाशित

Himalayan Life AD
‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

ब्रसेल्स, बेल्जियम । इयूले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’...

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायत । सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान...

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

जोस (नाइजेरिया)। मध्यपश्चिम नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीहरूले कम्तीमा ३५ जनाको...

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

काराकस। घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस...

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

इस्लामबाद । पाकिस्तानको बलूचिस्तान प्रान्तमा अलगाववादी समूहहरूले गत शनिबारदेखि सुरु...

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

दुबई, संयुक्त अरब इमिरेट्स। इरानका राष्ट्रपति मासउद पेजÞेश्कियनले देशका विदेशमन्त्रीलाई...