back

कारागारमा भएको झडपमा १५ जना कैदीको मृत्यु

वि.सं.२०७६ जेठ १३ सोमवार

462 

shares
GLOBAL IME AD
NTC AD

१३ जेठ, साओ पाउलो ।  ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच आइतबार भएको झडपमा १५ जना कैदीको मृत्यु भएको क्षेत्रीय कारागार कार्यालयले जनाएको छ ।अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा स्थानीय समयानुसार बिहान ११ बजेट झडप शुरु भएको थियो ।

कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले कैदीहरुले दाँत माझ्ने ब्रस लगायतका सामानको प्रयोग गरी एकअर्कामाथि आक्रमण गरेको र कतिपयलाई चक्कुको प्रयोग गरेको जानकारी दिए । उनले उक्त घटनाको अनुसन्धान शुरु भइसकको पनि बताए ।यही कारागारमा सन् २०१७ को जनवरीमा हिंसा भड्किँदा ५६ जनाको ज्यान गएको थियो । ब्राजिलमा विश्वमै सबैभन्दा बढी मानिस कैदीबन्दीका रुपमा रहेका छन् । सरकारी तथ्याँक अनुसार ब्राजिलमा सन् २०१६ को जुन महिनामा सात लाख २६ हजार ७१२ जना कैदीबन्दी छन् ।तर ब्राजिलका कारागारको क्षमताभन्दा दोब्बर बढी मानिस थुनामा रहेका छन् । सन् २०१६ मा कारागारका क्षमता करिब तीन लाख ६८ हजार मात्र थियो ।

निकै भिडभाड देखिने ब्राजिलका कारागारमा ग्याङ (समूह) भिडन्त हुने गरेको छ । यहाँ कारागारभित्र दङ्गा भड्किने र कारागार तोड्ने प्रयास पनि बेलाबखत भइरहन्छन् ।अमेजोन जङ्गल नजिकको बेलेम कारागारमा गत अप्रिलमा भएको यस्तै भिडन्तमा २१ जना कैदीबन्दीको मृत्यु भएको थियो ।

वि.सं.२०७६ जेठ १३ सोमवार १५:२९ मा प्रकाशित

बोआओ फोरमको वार्षिक सम्मेलन सुरु

बोआओ फोरमको वार्षिक सम्मेलन सुरु

हाइनान(चीन) । एसियाका लागि बोआओ फोरम (बिएफए) को वार्षिक सम्मेलन...

हेलिकप्टर दुर्घटना हुँदा चालकको मृत्यु

हेलिकप्टर दुर्घटना हुँदा चालकको मृत्यु

सियोल । बुधबार दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा...

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित

सियोल । दक्षिण कोरियाको सबैभन्दा खराब मध्येको तीव्र हावाका कारण...

थाई प्रधानमन्त्री पेटोङ्टार्नलाई विश्वासको मत प्राप्त

थाई प्रधानमन्त्री पेटोङ्टार्नलाई विश्वासको मत प्राप्त

बैंकक । थाइल्यान्डकी प्रधानथाई प्रधानमन्त्री पेटोङ्टार्नलाई विश्वासको मत प्राप्तमन्त्री पेटोङ्टार्न...

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य...

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

हाइनान (चीन) । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा...