back

भारतीय प्रधानमन्त्रीले माफी मागे

वि.सं.२०७३ कात्तिक २९ सोमवार

330 

shares
NTC AD
Global IME AD

narendra-modi२९ कात्तिक, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गोवाको पणजीमा एक विशाल सभालाई सम्बोधन गर्नुभएको छ ।

पणजीमा एक आमसभालाई सम्बोधन गर्दै उहाँले गत नोभेम्बर ८ बाट लागू गरिएको भारु पाँच सय र एक हजारको मुद्रा नोटलाई बन्द गर्न तत्कालका लागि भारु सय र त्यस भन्दा मुनिको नोटमात्र प्रचलनमा ल्याउने सरकारको घोषणाको पक्षमा बोल्नुभएको थियो

कसैले सुइको साइनोसमेत नपाएको अनअपेक्षित रूपमा आएको सरकारी उक्त निर्णय र कार्यान्वयनका कारण हाल बजारमा मुद्रा नोटको हाहाकार पर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

यस्तै अवस्थालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यसलाई भ्रष्टाचारी, कर छली गर्ने गिरोह र अवैध मुद्राका कारोवारीहरूबाट देशलाई बचाउनको लागि यस्तो कदम अपनाइएको जानकारी दिनुभयो ।

सम्बोधनको क्रममा देश प्रेमले भाबुक हुनु भएका प्रधानमन्त्री मोदीले ५० दिन अर्थात आगामी डिसेम्बर ३० सम्म आफूलाई सहयोग गर्न भारतीय जनतालाई आग्रह गर्नुभयो ।

आर्थिक सुधारका अरू पनि कैयौँ कदमहरू भएको उहाँले बताउनुभएको छ । गोवा राज्यका जनताहरूबाट आर्शिवाद लिन आफू आएको र अहिले जनताबाट सहयोग पाएमा आर्थिक रूपमा सम्पन्न नयाँ भारतको निर्माण हुने पनि उहाँले बताउनु भएको छ । एएफपी

फाइल: तस्बिर

वि.सं.२०७३ कात्तिक २९ सोमवार ०४:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारण बढ्ने : इआइए

अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारण बढ्ने : इआइए

ह्युस्टन (अमेरिका) । अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले अप्रिल...

हरियाणामा स्कुल बस दुर्घटना, छ जना बालबालिकाको मृत्यु

हरियाणामा स्कुल बस दुर्घटना, छ जना बालबालिकाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना...

बाइडेनद्वारा इजरायल युद्धको अहिलेसम्मकै सबैभन्दा कडा आलोचना

बाइडेनद्वारा इजरायल युद्धको अहिलेसम्मकै सबैभन्दा कडा आलोचना

गाजा पट्टी । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासविरुद्ध इजरायलको युद्धको...

सिंगापुरमा इन्टरनेटको माध्यमबाट हुने व्यवसाय ठगीमा दोब्बर वृद्धि

सिंगापुरमा इन्टरनेटको माध्यमबाट हुने व्यवसाय ठगीमा दोब्बर वृद्धि

सिङ्गापुर । सिङ्गापुरमा इन्टरनेटको माध्यमबाट हुने व्यवसायमा ठग्ने र ठगिने...

श्रीलङ्कामा बैङ्क प्रशासन सुधारका लागि सरकारी प्रतिवद्धता

श्रीलङ्कामा बैङ्क प्रशासन सुधारका लागि सरकारी प्रतिवद्धता

कोलम्बो । सरकारी स्वामित्वका बैङ्कहरूको प्रशासनमा सुधार गर्ने अन्तर्राष्ट्रिय मुद्रा...

मोजाम्बिकमा डुङ्गा दुर्घटना हुँदा ९१ जनाको मृत्यु, ३० वेपत्ता

मोजाम्बिकमा डुङ्गा दुर्घटना हुँदा ९१ जनाको मृत्यु, ३० वेपत्ता

मापुतो, मोजाम्बिका । मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै...