
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) केन्याको अधिबेशन २३ जुनमा हुने भएको छ ।
आइतबार बसेको संघको बैठकले संघको चौथो अधिबेशन २३ जुनका दिन सम्पन्न गर्ने निर्णय गरेको हो ।
संघको निर्वाचनका लागि इन्जिनियर नारायण भट्टराईको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिती गठन गरिएको छ भने निर्वाचनको पर्यवेक्षकमा कुल बहादुर कार्कीलाई चयन गरिएको छ ।
त्यस्तै कृष्ण गैरेको संयोजकत्वमा व्यवस्थापन समिति र लक्ष्मी लामाको संयोजकत्वमा सांस्कृतिक समिति गठन गरिएको पनि अध्यक्ष कृष्ण दत्त भट्टले संसारन्युजलाई जानकारी दिएका छन् ।
त्यस्तै सदस्यता नविकरण र नयाँ सदस्यता वितरणको कार्यक्रम पनि जारी रहेको अध्यक्षले भट्टले बताए ।
वि.सं.२०७६ जेठ १३ सोमवार १५:३० मा प्रकाशित



























