back

स्मार्ट कृषि गाउँ घोषणा भएसगैँ कागतीखेती तालिम सुरु

वि.सं.२०७६ जेठ १३ सोमवार

522 

shares

१३ जेठ, लमही । प्रदेश नं ५ सरकारले स्मार्ट कृषि गाउँका रुपमा छनोट गरेको दाङ लमही– ९ हर्दवाका किसानलाई कागतीखेती गर्न सिकाउन थालिएको छ । उक्त गाउँलाई स्मार्ट कृषि गाउँ घोषणा गरिएकोले त्यहाँ कागतीको उत्पादन बढाउन किसानलाई आधुनिक कागती खेतीतर्फ उन्मुख गराउन थालिएको हो ।

प्रदेश सरकारको रु ५० लाख बजेटमा तालीम शुरु भएको प्रदेशसभा सदस्य रेवतीरमण शर्माले बताए । उनले भने, “उक्त गाउँको कृषि क्षेत्रको विकासका लागि किसानलाई कागतीखेती गर्न सिकाउन लागेका हौँ ।” त्यस क्षेत्रमा कागतीको उत्पादन पनि राम्रो हुने गरेको छ । आर्थिक आम्दानी वृद्धिका लागि कृषिलाई प्राथमिकतामा राखेको हर्दवा स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका संयोजक अम्बर कुँवरले जानकारी दिए ।

तालीमको प्रशिक्षकमा कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ जीवनकुमार केसी, वागवानी विकास अधिकृत बालकृष्ण शाह रहेका छन् । सांसद शर्माले हर्दवा गाउँमा सिँचाइ सुविधाका लागि बाध बनाउन स्थलगत निरीक्षण गरेका छन् । सो गाउँमा सिँचाइ सुविधा पु¥याउन उनले बजेट व्यवस्था गर्ने बताए । प्रदेश सरकारले प्रत्येक प्रदेशको निर्वाचन क्षेत्रमा एक एक वटा कृषि गाउँ घोषणा गर्ने जिम्मा सम्बन्धित निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्यलाई जिम्मा दिएको थियो । यो सँगै दाङमा छ वटा स्मार्ट कृषि गाउँ घोषणा भएका छन् ।

वि.सं.२०७६ जेठ १३ सोमवार १५:४७ मा प्रकाशित

Himalayan Life AD
सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

दमक (झापा)। सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको...

महोत्तरीका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने

महोत्तरीका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने

जलेश्वर (महोत्तरी) । भारतको विहार राज्यमा आगामी मङ्गलबार हुन लागेको...

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको...

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ । मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका...

यसरी हुनसक्छ युवा व्यवस्थापन

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लार्ई युवा वर्ष घोषणा...