back

सरकारद्वारा प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता, विद्यालयको सङ्ख्या ४३४

वि.सं.२०७६ जेठ १३ सोमवार

477 

shares

१३ जेठ, काठमाडौँ । सरकारले प्राविधिक र व्यावसायिक शिक्षाको धारलाई प्राथमिकता दिन थालेपछि यस धारको शिक्षाको पठनपाठन हुने विद्यालयको सङ्ख्या ४३४ पुगेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्ममा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण, २०७५–०७६ ले विगतका १५० प्राविधिक विद्यालयसहित प्राविधिक धारको शिक्षाको पठनपाठन हुने विद्यालयको सङ्ख्यामा वृद्धि भएको देखाएको हो ।
सरकारले विद्यालय शिक्षामा ७० प्रतिशतसम्म प्राविधिक शिक्षाको धारलाई प्राथमिकता दिने र हरेक स्थानीय तहमा कम्तीमा एक प्राविधिक विद्यालय खोल्ने नीति लिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पद बहालीपछिको पहिलो निर्णयमा हरेक स्थानीय तहमा कम्तीमा एक प्राविधिक विद्यालय खोल्ने उल्लेख थियो ।

सर्वेक्षणले साक्षर नेपाल अभियान जारी रहेको र चालू आर्थिक वर्षका आठ महिनाको अवधिमा ५० जिल्ला पूर्ण साक्षर घोषणा भएको र सूचना प्रविधि प्रयोगशाला हुने विद्यालयको संख्या एक हजार पुगेको जनाइएको छ ।विश्वविद्यालय र क्याम्पस तहमा अध्ययन गर्ने विद्यार्थीको संख्यामा ७ दशमलव ४ प्रतिशतले वृद्धि भई चार लाख ८६ हजार पुगेको सर्वेक्षणमा जनाइएको छ । मुलुकको कूल ग्राहस्थ उत्पादनमा शिक्षाको योगदान ७ दशमलव २ प्रतिशत छ ।

वि.सं.२०७६ जेठ १३ सोमवार १६:०५ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...