
१३ जेठ, काठमाण्डौं । सात समुद्रपारी इङ्गल्याण्ड र वेल्सले आयोजना गर्ने आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको यो बाह्रौ संस्करण हो ।
विश्वकप बाह्रौ संस्करण पुग्दासम्म नेपाल बल्ल एकदिवसीय क्वालिफायर बनेको छ । नेपाल विश्वकपमा कहिले पुग्ला ? यसको सहज उत्तर नभएपनि नेपालीलाइ विश्वकपको फिवरले भने छोइसकेको छ ।
पाँचको संयोग
सन् १९९२ बाट सुरु भएको आधुुनिक विश्वकपमा पाँचको संयोग गजवको देखिन्छ । इङ्गल्याण्ड विश्वकपको पाँच पटकको आयोजक राष्ट्र हो । इङ्गल्याण्ड विश्वकपको पाचपटक आयोजक रहँदा अष्ट्रेलियाले पाचौपटक वल्र्डकप ट्रफि उचालेको छ । सन १९७५ बाट वल्र्डकपको आयोजना गर्न थालिएपनि १९९२ को पाँचौ सस्करणबाट मात्रै उत्कृष्ट खेलाडि घोषणा गर्न थालिएको हो । यसपटकको संस्करण पनि यो बर्षको पाँचौ महिनामा आयोजना गरीएको छ । विश्वकपको बाह्रौ संस्करण पुग्दासम्म जम्मा पाँच राष्ट्रले मात्रै वल्र्डकप ट्रफि उचालेका छन् ।
वल्र्डकपका हालसम्मका उत्कृष्ट खेलाडीहरु
वलर्डकपमा १९९२ बाट उत्कृष्ट खेलाडि छनौट गर्न थालिएको हो । यसविचमा अष्ट्रेलिया र भारतका खेलाडिले दुई–दुई पटक उत्कुष्ट खेलाडीको ट्रफि उचालेका छन । यसबाहेक न्युजिल्याण्ड, श्रीलङका र दक्षिण अफ्रीकाका खेलाडीले एक–एक पटक उत्कुष्ट खेलाडीकोे ट्रफि उचालेका छन् ।
१९९२ मा मार्टिन कोवेले उत्कुष्ट खेलाडीको ट्रफि उचालेका थिए । न्युजिल्याण्डका कप्तान समेत रहेका कोवेले ९ खेल खेल्दा ४५६ रन बनाएका थिए ।
श्रीलङकाका कप्तान सनथ जयसुर्या १९९६ मा उत्कुष्ट खेलाडी बन्दा उनले अलराउण्ड प्रर्दशन गर्दै २२१ रन जोड्नुका साथै ७ विकेट झारेका थिए ।
१९९९ मा अर्का अलराउण्डर दक्षिण अफ्रीकाका लान्स क्लुसेनर उत्कृष्ट खेलाडी बन्ने भाग्यमानी खेलाडी हुन् । क्लुसेनरले २८१ रन र १७ विकेट हात पारेका थिए ।
२००३ र २०११ मा भारतका खेलाडीले उत्कृष्ट खेलाडीको ट्रफि उचालेका थिए । २००३ मा सचिन तेन्दुलकरले ६८३ रन बनाएका थिए । यस्तै २०११ मा युवराज सिहले अलराउण्ड प्रर्दशन गर्दै ३६५ रन र १५ विकेटका साथ उत्कृष्ट खेलाडीको ट्रफि उचालेका थिए ।
२००७ मा पहिलोपटक बलरले उत्कृष्ट खेलाडीको ट्रफि उचालेका थिए । ग्लेन म्याग्रा ब्याट्सम्यानको एकाधिकार तोड्दै उत्कृष्ट खेलाडीको ट्रफि उचाल्ने खेलाडी हुन् । अष्ट्रेलियाका फष्ट बलर म्याग्राले २६ विकेट झारेका थिए ।
२०१५ मा पनि बलर मिचेल स्ट्राफले २२ विकेटका साथ उत्कृष्ट खेलाडीको ट्रफि उचालेका थिए । लस्ट्राफ पनि अष्ट्रेलियाका बलर हुन् ।
वि.सं.२०७६ जेठ १३ सोमवार १६:०९ मा प्रकाशित



























