back

मकवानपुरमा करेन्ट लागेर दुईको मृत्यु, दुई घाइते

वि.सं.२०७६ जेठ १३ सोमवार

528 

shares

१३ जेठ, हेटौँडा । मकवानपुर इन्द्रसरोबर गाउँपालिका–३, कोगटेमा करेन्ट लागेर दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुली पाटन गाउँपालिका–९, आमबोटेका वीरबहादुर मगर र नुवाकोट बेलकोटगढी गाउँपालिका मझुवाका ३५ वर्षीय विशाल तामाङ रहेका छन् ।

इन्द्रसरोवर गाउँपालिका–३, स्थित कोगटेमा वाग्मती हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजना स्थलतर्फ जाँदै गरेको ना४ख ९३२६ नंको ट्रकले हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर ट्रकमा सवार दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सिन्धुलीको पाटन गाउँपालिका–९, आमबोटका गोपाल रामुली घाइते छन् । अर्का एक जना घाइतेको पहिचान हुन सकेको छैन । घाइते दुवै जनालाई उपचारका लागि काठमाडौँ पठाएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ जेठ १३ सोमवार १६:२५ मा प्रकाशित

Himalayan Life AD
सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

दमक (झापा)। सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको...

महोत्तरीका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने

महोत्तरीका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने

जलेश्वर (महोत्तरी) । भारतको विहार राज्यमा आगामी मङ्गलबार हुन लागेको...

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको...

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ । मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका...

यसरी हुनसक्छ युवा व्यवस्थापन

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लार्ई युवा वर्ष घोषणा...