back

नेपाली दूतावास कतारको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७६ जेठ १३ सोमवार

615 

shares

१३ जेठ, काठमाण्डौं । नेपाली दूतावास कतारले कतारमा रहेका नेपाली समुदायका केही सदस्यहरुले स्थानीय संस्कृति तथा नियम कानुन विपरीत सार्वजनिक स्थलमा असामाजिक रुपमा प्रस्तुत भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘घटनाहरु सामाजिक संजाल, व्यक्तिगत फेसबुक पेज लगायत केही अनलाईन पत्रिकामा संप्रेषण भएको विषयमा नेपाली दूतावास कतारको गम्भीर ध्यानाकर्षण भएको छ ।’ दूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

दूतावासद्धारा जारी विज्ञिप्तीमा भनिएको छ ‘आतिथ्य मुलुकको नियम कानून तथा प्रचलित संस्कार र संस्कृति विपरीतका यस क्रियाकलापबाट सम्बन्धीत व्यक्तिले सजायको भागिदार हुनुपर्नाका साथै यस्ता क्रियकलाप आतिथ्य मुलुक तथा यहाँ बसोबास गर्ने अन्य समुदायका बीचमा नेपाली समुदायको छविमा नकारात्मक सन्देश प्रवाह हुन जान्छ ।’

दूतावासले कतारमा रहने नेपाली दाजूभाइ तथा दिदी बहिनीले निम्न कुरामा ध्यान पुर्याउन पनि आग्रह गरेको छ ।

१-आतिथ्य मुलुकको कानून, धर्म, परम्परा र संस्कृति विपरीतका कुनै पनि कार्यहरु नगर्नुस् ।

२-सार्वजनिक स्थानमा अनावश्यक जमघट, छलफल, विवाद, झगडा हो–हल्ला कुटपिट आदि कार्य नगर्नुस् ।

३-मादक पदाथ, सूतीजन्य पदार्थ, लागू पदार्थ तथा प्रतिबन्धित औषधिहरुको ओसार–पसार, बेचविखन एवं सार्वजनिकस्थलमा सेवन नगर्नुस ।

४-कुनै पनि बहानामा जा कसैको उक्साहटमा बन्द हड्ताल नगर्नुहोस् ।

५-ठगी चोरी तथा महिलामाथि दुव्र्यवहार जस्ता नैतिक आचरण विपरीत कुुनैपनि कार्य नगर्नु हुन,

६-आधिकारीक, रुपमा पति पत्नी भए बाहेक गैरकानूनी रुपमा महिला एवं पुरुष सँगसँगै बसोबास नर्गनू हुन,

७-रमादान लगायत निषेधित समयमा कुनै पनि खानेकुरा खुल्ला रुपमा नखानुहुन्,

८-फेसबुक, टवीटर, युट्युव, आदिजस्ता सामाजिक संजाल तथा विद्युतीय संचार माध्यमहरुमा असामाजिक तथा अनावस्यक पोष्ट नगर्नुुहुन ।

वि.सं.२०७६ जेठ १३ सोमवार १६:३९ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...