back

सामग्री बोकेर गइरहेका दुई युवाको करेन्ट लागेर मृत्यु, दुई घाईते

वि.सं.२०७६ जेठ १३ सोमवार

372 

shares
GLOBAL IME AD
NTC AD

१३ जेठ, हेटौडा । मकवानपुर इन्द्रसरोबर गाउँपालिका-३, कोगटेमा करेन्ट लागेर दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुली पाटन गाउँपालिका-९, आमबोटेका वीरबहादुर मगर र नुवाकोट बेलकोटगढी गाउँपालिका मझुवाका ३५ वर्षीय विशाल तामाङ रहेका छन् ।

इन्द्रसरोवर गाउँपालिका-३, स्थित कोगटेमा वाग्मती हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजना स्थलतर्फ जाँदै गरेको ना४ख ९३२६ नंको ट्रकले हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर ट्रकमा सवार दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सिन्धुलीको पाटन गाउँपालिका-९, आमबोटका गोपाल रामुली घाइते छन् । अर्का एक जना घाइतेको पहिचान हुन सकेको छैन । घाइते दुवै जनालाई उपचारका लागि काठमाडौँ पठाएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ जेठ १३ सोमवार १७:२८ मा प्रकाशित

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु...

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा...

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।...

बीस करोड बढी रकमसहित एकजना पक्राउ

बीस करोड बढी रकमसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ...