
१४ जेठ, काठमाण्डौं । १० वर्षे द्धन्द्धको समयमा नेपाल प्रहरीको विशेष व्युरो (प्रतिआतंकवाद सेल) शक्तिसाली थियो ।
‘अन्डरकभर अपरेसन’ गर्ने ब्युरोका प्रहरीलाई अन्य प्रहरीले समेत चिन्दैनथे । कतिपय प्रहरी माओवादीको संघठनभित्र घुसेर सूचना संकलन गर्थे ।
यो ब्युरोका प्रहरीलाई तालिममा अमेरिका र युरोप पठाइन्थ्यो । अहिले राज्यवरुद्ध हुने अपराध, विद्रोह र आतंकवादसँग सम्बन्धीत घटनाको सूचना संकलन गर्ने जिम्मा व्युरोको छ । तर, ब्युरोलो निश्क्रिय जस्तै छ । कतिसम्म भने गत फागुनमा भएको नख्खु विस्फोटमा संलग्नलाई समेत स्थानीय प्रहरीले पक्राउ गरेको थियो । पछिल्लो समय विशेष व्युरोको नेतृत्वमा कुनै महत्वपूर्ण अनुसन्धान हुन सकेको छैन ।
प्रहरी नेतृत्व नै ब्युरोलाई शसक्त बनाउने पक्षमा देखिँदैन । ३३ किलो सुन काण्डमा जेलबाट छुटेका एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी र सइ बालकृष्ण सञ्जेललाई ब्युरोमा खटाइएको छ । उनीहरुलाई निश्चित जिम्मेवारी दिईएको छैन । मंगलबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ जेठ १४ मंगलवार ०८:०६ मा प्रकाशित




























