back

प्रधानमन्त्री कार्यालयबाट भयो हेलचक्रयाइँ

वि.सं.२०७६ जेठ १४ मंगलवार

438 

shares

१४ जेठ, काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी(विप्लव समूह) ले सहर केन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साताअघि नै रिपोर्टिङ गरेको थियो । विप्लव समूहले आफूलाई चर्चामा ल्याउन सहरकेन्द्रित गतिविधि सूरु गरेको र अवाञ्छित गतिविधि हुन सक्ने रिपोर्टिङ विभागका प्रमुख गणेश अधिकारीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई गरेका थिए । हाँल विभाग प्रधानमन्त्री कार्यालयमातहत नै छ ।

‘पुरानो जनयुद्घको रूपलाई गाउँभन्दा सहरकेन्द्रित गरेर आफूलाई अन्र्तराष्ट्रियकरण गर्न खोजेको सूचना मुख्यसचिव रेग्मीलाई दिएको छ, अनुसन्धान विभाग स्रोतले भन्यो, बम पड्किन्छ भन्ने प्राविधिक सूचना त होइन, उनीहरुको आउजाउ बढेको, बैठक भेलाहरु सूरु भएको र त्यसमा जेसुकै निणर्य गर्न सक्नेगरी उनीहरु अघि बढेको भन्ने सूचना दिइएको हो ।’राष्ट्रिय अनुसन्धमा विभागले नेपालको प्रमुख गुप्तचर निकाय हो । त्यसले अहिले हरेक सूचना संकलन गरेर प्रधानमन्त्री कार्यालयलाई रिपोर्टिङ गर्ने गरेको छ । सो विभागले प्रत्येक दिन खामबन्दी रिपोर्ट प्रधमामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई बुझाउने गरेको छ । रिमाललाई बुझाइने रिपोर्ट नै गृह मन्त्रालयमा पनि खामबन्दी गरेर पठाइन्छ ।

नागरिक दैनिक पत्रिकाबाट

वि.सं.२०७६ जेठ १४ मंगलवार ०८:२० मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...