
१४ जेठ, काठमाण्डौं । आगामी आर्थिक वर्षको बजेठ सार्वजनिक हुने मिति नजिकिएसँगै सेयर बजार सुस्ताएको छ ।
लगानीकर्ताले ‘पर्ख र हेर’को रणनीति अपनाएपछि साताको दोस्रो कारोबारका दिन नेप्से सुस्त देखिएको छ । यस दिन नेप्से सामान्य अंक बढेर बन्द भए पनि कारोबार रकम भने अघिल्ला कारोबार दिनहरुको तुलनामा करिब ५० प्रतिशत घटेको छ ।
आगामी बजेटले पुँजी बजार विकास तथा सुधारका लागि नयाँ नीति ल्याउने अपेक्षा लगानीकर्ताले गरेका छन् । विशेष गरी, ७ दशमलब ५ प्रतिशत पुँजी लाभकरलाई अन्तिम करका रुपमा घोषणा गरिनुपर्ने, मार्केट मेकरको व्यवस्था शीघ्र गरिनुपर्ने र पुँजी बजार सम्बन्धी सरकार तथा नियामक निकायहरुले ल्याउने नीतिहरुमा एकद्धार प्रणाली लागू गर्नुपर्ने लगानीकर्ताको माग रहेको छ ।
माग सम्बोधन भए आगामी दिनमा बजारले सकारात्मक गतिलिने एक लगानीकर्ताले बताएको नयाँपत्रिका दैनिकमा समाचार छ । अहिले भइरहेको पुँजी बजार विस्तारका कार्यहरु जस्तै, अनलाइन प्रणालीबाट राफसाफ गर्न सकिने र टिप्लस वानले लगानीकर्ताको मनोबल बढाएको उनको भनाइ छ ।
ं
वि.सं.२०७६ जेठ १४ मंगलवार ०८:२७ मा प्रकाशित




























