
१४ जेठ, काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारमध्ये झन्डै ७५ प्रतिशत अदक्ष छन् । आर्थिक सर्वेक्षण अनुसार ७४ दशमलव ५ प्रतिशत अदक्ष कामदार वैदेशिक रोजगारीमा जाने गरेका हुन् । कुनै पनि सीप नहुँदा कामदारले थोरे पारिश्रमिकमा चित्त बुझाउन वाध्य छन् ।
सर्वेक्षण अनुसार १ दशमलव ५ प्रतिशत दक्ष र २४ प्रतिशत अर्धदक्ष कामदार वैदेशिक रोजगारमा जाने गरेको पाइएको छ । सरकारले पछिल्लो समय सीप परीक्षण गरेर मात्र युवालाई वैदेशिक रोजगारीमा पठाउने रणनीति अबलम्बन गरेको छ । हालसम्म ४३ लाख ६५ हजार ४ सय १५ युवा वैदेशिक रोजगारीमा गएका छन् । संस्थागत रुपमा एक सय १० देशमा खुला गरिएको छ भने व्यक्तिगत रुपमा एकसय ६७ देशमा नेपाली जाने गरेका छन् ।२०७४–७५ मा ३ लाख ६१ हजार ९ सय ४१ जना युवा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या पछिल्ला वर्ष घट्दो क्रममा छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १ लाख ५६ हजार ९३ जना वैदेशिक रोजगारीमा गएका छन् ।
अन्नपूर्ण दैनिक पत्रिकाबाट
वि.सं.२०७६ जेठ १४ मंगलवार ०८:४१ मा प्रकाशित