Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक लाख सहयोग



२९ कात्तिक, बेनी (म्याग्दी, । महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा म्याग्दीबाट काठमाडौँमा बसोबास गरेकाले सञ्चालन गरेको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख आर्थिक सहयोग गरेको छ ।

काठमाडौँमा सम्पन्न सहकारीको नवौँ वार्षिक साधारणसभाको अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले अभियन्ता महावीर पुनलाई रकम हस्तान्तरण गर्नु भयो ।

साधारणसभामा महाविर पुनले प्रतिभाशाली सन्ततिको प्रतिभाको पालनपोषण गर्नका लागि केन्द्रको स्थापनामा लागेको बताउनु भयो । विदेशिएका हजारौँ प्रतिभाशाली सन्ततिलाई स्वदेशमा नै फर्काएर देश विकासमा लगाउने उद्देश्यसहित केन्द्र स्थापना गरिएको पुनको भनाइ थियो ।

विद्युत् उत्पादनका लागि तत्काल रु ५० करोड सङ्कलन गरी बाँकी बैंकबाट ऋण लिएर सुरू गर्ने बताउँदै उहाँले त्यसले दिएको आम्दानीसँगै अन्य स्रोत समेत जुटाउने उल्लेख गर्नु भयो ।

सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर समेत चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टिको ठूलाकोट भन्ने डाँडामा २० वर्ष अगाडि खरिद गरेको २८ रोपनी समेत केन्द्रको स्थापनामा प्रयोग गर्ने घोषणा गर्नु भएको छ ।

यसैबीच सहकारीका पदाधिकारी, कार्य समिति सदस्यले अभियानमासमेत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । म्याग्दीबाट काठमाडौँमा रहेका म्याग्देलीले सञ्चालन गरेको सहकारीमा बेनी नगरपालिका र ३५ गाविसबाट प्रतिनिधित्व रहेको छ । रासस


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब