back

अमेरिकामा डा. एलिना शाक्य सम्मानित

वि.सं.२०७६ जेठ १४ मंगलवार

555 

shares

संयुक्तराज्य अमेरिकाको बाल्टीमोर काउन्टीका मेरिल्याण्ड हाउस अफ डेलिगेट्स हयारी भंडारीले ओहायो राज्यको एक्रोनमा लामो समयदेखि सामाजिकसेवा र भुटानी शरणार्थीहरुको स्वास्थ्यउपचारमा उल्लेखनीय योगदान दिएकी डा.एलिना शाक्यलाई विशेष् सम्मानपत्र प्रदान गरेका छन् ।

नेपाली अमेरिकी अर्गनाइजेसन अफ ओहायो (नाओ) का अध्यक्ष डा. शाक्यले शरणार्थीहरुको खासगरी शैक्षिक क्षेत्रमा पिछडिएका र अंग्रेजी भाषाको संचारमा कठिनाइ भोगीरहेका बिस्थापित भुटानी शरणार्थीहरुको प्राथमिक स्वास्थ्य उपचारमा बिगत आठ बर्षदेखि योगदान दिइरहेकी छन् ।

काठमाडौं कुलेश्वर आवासमा जन्मीएकी डा.शाक्यले नेपाल मेडिकल कलेज अत्तरखेलबाट एमविविएस पुरागरी अमेरिकाको ओहायो राज्यबाट इन्टरनल मेडिसिनमा एमडी उपाधि हासिल गरेकी छन् ।

अंग्रेजी भाषा र नेपाली भाषाको क्षेत्रमा विशेष् दक्षता हासिल गरेकी डा. शाक्यले यसअघि ओहायोका बिभिन्न भुटानी शरणार्थी संस्थाहरुबाट पनि थुप्रै सम्मानपत्र प्राप्त गरिसकेकी छन् । उनी नेपलिज मिडवेष्ट अमेरिका अर्थात एनमाको कार्यकारिणी सदस्य पनि रहेकी छन् ।
उनले अमेरिकामा भुटानी शरणार्थीहरुले भोगीरहेका भाषागत समस्या र अमेरिकी स्वास्थ्य उपचार पद्धतिमा पाइने अप्ठेराहरुलाई मेहनतकासाथ सहज बनाउन उल्लेखनीय योगदान दिंदै आएको कुरा बिज्ञप्तीमा जनाइएको छ ।

ओहायोमा बिगत दुइ दशक सन १९९९ देखि आप्रवासी नेपालीहरुको हितमा कार्यरत गैरमुनाफा मुलक सामाजिक संस्थाले नेपालमा शैक्षिक क्षेत्रको विकास लगायत भुकम्प पीडित,बाढी पीडितहरुका लागि चन्दा संकलनगरी पठाएको छ ।

सामाजिक र स्वास्थ्यउपचारमा न्याय र समान अधिकार कायम हुनुपर्छ भन्ने मन्यता राख्नु हुने डा.शाक्यको विशेष सक्रियतामा नेपाली महिला सशक्तिकरणमा योगदान दिने उद्देष्यले नाओका सदस्य डा.प्रिया वैद्यको संयोजकत्वमा महिला सशक्तिकरण समिति गठन भएको छ । समितिले हालै महिला सशक्तिकरण संबन्धी विचार गोष्ठी सफलतासाथ सम्पन्न गरेको छ ।

 

वि.सं.२०७६ जेठ १४ मंगलवार ११:५० मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...