१४ जेठ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी(Himal Dolkha Hydropower Company Pvt Ltd)ले आज देखि स्थानीय बासिन्दाका लागि साधारण सेयर (आइपीओ) जारी गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीको शेयर निष्काशन गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका लागि जारी गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता १ सयका दरले ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता आइपीओ बिक्रि गर्ने अनुमति पाएको हो । जस मध्ये १६ करोड बराबरको शेयर आयोजना प्रभावित स्थानीयलाई र बाँकि ६२ करोड बराबरको शेयर सर्वसाधारणलाई बिक्रि हुने भएको हो ।
आयोजनाको अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाले यस आइपीओमा आवेदन दिन सक्नेछन् । आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
आइपिओ लगानीकर्ताले छिटोमा जेठ २८ गतेसम्म र ढिलोमा असार १३ गते सम्म आवेदन दिन सक्ने छन् । हिमाल दोलखाले हाल जारी पुँजी १ अर्ब ६० करोड रुपैयाँको १०५ सेयर स्थानियको लागि जारी गरेको हो । यसमा सेयर निष्कासन तथा बिक्री प्रवन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।
आइपीओमा लगानीकर्ताले लक्ष्मी बैंक (चोक बजार–इलाम), एभरेष्ट बैंक (फिक्कल–इलाम), सिद्धार्थ बैंक (इलाम), सेन्चुरी बैंक (भानुपथ–इलाम), ग्लोबल आइएमई बैंक (फिक्कल–इलाम), माछापुच्छ्रे बैंक (इलाम), एसबीआई बैंक (इलाम) र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदन दिन सक्नेछन् । साथै, सी–आस्वा सेवा प्रप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।
क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
हिमाल दोलखाले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण तथा संचालन गर्ने विभिन्न कम्पनीहरुमा लगानी गरेको छ। जसमध्ये इलाममा हिमालका दुई वटा आयोजना निर्माणधीन रहेका छन् । जसमा माई खोला स्मल हाइड्रोपावर ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट छन् ।
हिमाल दोलखा हाइड्रोपावरले १६ लाख कित्ता सेयर निष्कासन गर्दै
वि.सं.२०७६ जेठ १४ मंगलवार १२:२३ मा प्रकाशित




























