
१४ जेठ, काठमाडौँ । सलमान खान(Salman Khan) र कटरीना कैफ ( Katrina Kaif)को जोडीको सम्बन्धलाई लिएर वलिउड जगतमा बेलाबेला चर्चा हुने गरेको छ । उनीहरुले खेलेको फिल्म निकै जम्ने गरेको छ ।
सलमानले कटरीनालाई विवाह गरी बच्चा जन्माउने सुझाव दिएका छन् । दुई जोडी एक इन्टरटेन्मेन्ट वेबसाइटमा ‘भारत’ फिल्मको प्रोशनका लागि पुगेका बेला रमाइलै रमाइलोमा सलमानले कटरीनालाई यस्तो ठट्यौली जवाफ दिएका हुन् ।
सलमान र कटरीना मुख्य पात्र रहेका भारत फिल्मको प्रमोशन बारेको गफगाफका क्रममा सलमान खानसँग कटरीनाका लागि वैकल्पिक क्यारियर के गर्ने सुझाव दिनुहुन्छ भनि प्रश्न सोधिएको थियो । सलमानले कटरीनाले विवाह गरेर र बच्चा जन्माउनु राम्रो हुने बताएका थिए ।
सलमान र कटरीनाको जोडीले सन् २००५ मा पहिलो पटक मैने प्यार क्यों किया भन्ने फिल्ममा सँगै काम गरेका थिए । त्यसपछि आधादर्जन फिल्म खेलिसकेका छन् । अलि अब्बास जफरको निर्देशित यो फिल्म जुन ५ मा रिरिज हुँदैछ । (एजेन्सीको सहयोगमा)
वि.सं.२०७६ जेठ १४ मंगलवार १४:०३ मा प्रकाशित




























