back

विद्युतीय रेल मार्गको ९३.६ किमी निर्माण सम्पन्न

वि.सं.२०७६ जेठ १४ मंगलवार

444 

shares
GLOBAL IME AD
NTC AD

१४ जेठ, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५–७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको उल्लेख छ ।

यसैगरी जयनगर–कुर्था ३५ र कुर्था–बिजुलपुरा १७ किमीको ट्रयाक बेडको निर्माण सम्पन्न भएको छ । काठमाडौँ उपत्यका मेट्रोरेलअन्तर्गत सातदोबाटो–नारायणगोपालचोक २० किमीको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । खोकना–सातदोबाटो र नारायणगोपाल चोक बूढानीलकण्ठसम्मको १० किमीको सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढेको छ । बिजुलपुरा बर्दिवास खण्डको मुआब्जा वितरण शुरु भएको जनाइएको छ ।

चीन सरकारको सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको छ । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत अध्ययनको प्रक्रिया अघि बढेको सर्वेक्षणमा उल्लेख छ ।
भारत सरकारको सहयोगमा वीरगञ्ज–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन शुरु भएको छ । मेची–महाकाली रेलमार्गको लम्बाइ ९४५ किमी छ । लिङ्क मार्गसहित एक हजार ५६ किमी रेलमार्गको विस्तृत अध्ययन सम्पन्न भएको जनाइएको छ ।

वि.सं.२०७६ जेठ १४ मंगलवार १४:२० मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...