back

सहकारीमार्फत सामूहिक रूपमा तरकारी खेती

वि.सं.२०७६ जेठ १४ मंगलवार

444 

shares

१४ जेठ, वालिङ । । यहाँका स्थानीयले सहकारीमार्फत सामूहिक तरकारी खेतीको थालनी गरेका छन् ।वालिङ नगरपालिका–१४ को डुम्रेभञ्ज्याङमा १०० जना स्थानीयहरु सङ्गठित भएर आधुनिक कृषि सहकारी संस्था दर्ता गरी सामूहिक तरकारी खेती थालेका हुन् । आठ रोपनी जग्गा पाँच वर्षलाई प्रति रोपनी १० हजारका दरले भाडामा लिएर व्यवसायको थालनी गरेको सहकारीका अध्यक्ष केशबहादुर सिंजालीले बताए । “सहकारीमै आबद्ध २०-२२ जना युवाहरु मिलेर टनेल निर्माण सकेका छौँ”, अध्यक्ष सिंजालीले भने, “अहिले हामीले यही गोलभेँडाको नर्सरी स्थापना गरेका छौँ बिरुवा उत्पादन भएपछि लगाउन शुरु गर्छौ ।”

बसाईसराईका कारण खेतीयोग्य जमीन बाँझो हुँदै गएपछि त्यसको सही सदुपयोग गरी आर्थिक उपार्जन गर्ने र युवालाई गाउँमै रोजगारी दिने मुख्य उद्देश्यले सामूहिक गोलभेँडा खेतीको थालनी गरिएको उनले बताए । “सहकारीमा आबद्ध सदस्यहरु सक्रिय तबरले निरन्तर काम गर्दै आएका छन् ” सहकारीका सचिव दलबहादुर थापाले भने, “समूहमा काम गर्दा ज्ञान, सीपको आदान प्रदान हुने भएकाले पनि यो अभियान प्रभावकारी हुने विश्वास लिएको छु ।”स्थानीय बाँसको प्रयोगबाट १६ वटा टनेल निर्माण गरिएको छ । सरल थोपा सिँचाइको व्यवस्था, पानीको व्यवस्थापन, हाते ट्रयाक्टर खरीद, ढुवानी तथा ज्याला गरी हालसम्म १० लाख खर्च भएको अध्यक्ष सिंजालीले बताए ।

“जी सेभेन एग्रिकल्चर प्रालि प्राङ्गारिक पाठशाला खुमलटार ललितपुरबाट हामीले आवश्यक तालीम लिएका छौँ”, उनले भने, “त्यहाँ सिकेका सीपलाई व्यवहारमा उतार्ने र मौसमी तथा बेमौसमी तरकारी खेतीबाट समूहलाई आर्थिक समृद्धिको पाटोमा अगाडि बढाउने छौँ ।”टनेलभित्र पहिलो चरणमा गोलभेँडा खेती र टनेलबाहिर अन्य तरकारी बालीहरु लगाउने गरी काम भइरहेको सहकारीले जनाएको छ । “सामूहिक रुपमा थालिएको अभियानसँगसँगै व्यक्तिगत रुपमा पनि आफ्नो जग्गामा तरकारी खेती गर्न चाहनेलाई आवश्यक सहयोग गर्ने नीति सहकारीको छ” सचिव थापाले भने, “जसले गर्दा समूहमा सिकेको सीपलाई व्यक्तिगत रुपमा पनि छुट्टै प्रयोग गर्न सक्ने भएकाले सहकारीमा आबद्ध सदस्यहरु लाभान्वित हुने छन् ।”

वि.सं.२०७६ जेठ १४ मंगलवार १५:४१ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र...

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

त्रिवेणी (नवलपरासी) । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल...

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा...

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा...

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म...

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ...