back

कोरियामा कार्यरत एक नेपालीको मृत्यु

वि.सं.२०७६ जेठ १४ मंगलवार

462 

shares
GLOBAL IME AD
NTC AD

कोरियामा एक नेपालीको मृत्यु भएको छ ।  अर्घाखाँची घर भई हाल कोरियामा कार्यरत ३१ वर्षीय मधुसुदन श्रेष्ठ जेठ १२ (२६ मे) मा कोठामै मृत भेटिएका हुन् ।

श्रेष्ठ सिओलदेखि १ सय ४० किमीको दूरीमा रहेको छोङजु औद्योगिक क्षेत्रमा रहेको कपडा रिसाइकल गर्ने कम्पनीमा कार्यरत थिए ।

विदामा घर आएर पुन : कोरिया फर्किएका श्रेष्ठ कोठामा पनि एक्लै रहेकोले उनको हृदघातकै कारण मृत्यु भएको अनुमान गरिएको एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङले बताइन् ।

‘हामी आज भाइ कार्यरत कम्पनी र उनी बस्ने ठाउँमा गएका थियौ । एक्लै बसेका रहेछन् । आईतबार राति नै उनको मृत्यु भएको अनुमान गरिएको छ ।’ अध्यक्ष गुरुङले भनिन्, ‘खाना खाँदा खाँदै ढलेको अवस्थामा भेटिएका थिए । घरबेटीले बत्तिको बिल लिएर जाँदा ढोका नखोलेको र ड्युटी जानेबेलासम्म कुर्दा पनि ढोका नखुलेपछि ढोकाको प्वालबाट चियाएर हेर्दा खुट्टा पसारेको अवस्थामा देखिएको र तत्कालै प्रहरीलाई खबर गरेर हेर्दा उनी मृत भेटिएका थिए ।’

उनको शब अहिले छोङजुको अस्पतालमा रहेको र कम्पनीले सबै खर्च बेहोरेको पनि अध्यक्ष गुरुङले बताइन् ।

नेपाली दूतावास कोरियाका श्रम काउन्सीलर डिल्लीराम वास्तोला, अर्घाखाँची सम्पर्क समिति कोरियाका अध्यक्ष शुन्दर पन्थी, महासचिव दीपक बन्जाडेसहितको टिम घटनास्थल र श्रेष्ठ कार्यरत कम्पनीमा पुगेको थियो ।

‘यस घटनाले हामी दुःखमा परेका छौं । सिंगो समाज पीडामा छ । दूतावासको सहयोगमा जतिसक्दो छिटो यो हप्ताभित्रै शब घर पठाउन पहल गरिरहेका छौं ।’ अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष शुन्दर पन्थीले संसारन्युजसँग भने ।
श्रेष्ठ एक छोरीका बाबु रहेको पनि पन्थीले बताए ।

वि.सं.२०७६ जेठ १४ मंगलवार १५:५१ मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...