back
CTIZAN AD

कोरियामा कार्यरत एक नेपालीको मृत्यु

वि.सं.२०७६ जेठ १४ मंगलवार

711 

shares

कोरियामा एक नेपालीको मृत्यु भएको छ ।  अर्घाखाँची घर भई हाल कोरियामा कार्यरत ३१ वर्षीय मधुसुदन श्रेष्ठ जेठ १२ (२६ मे) मा कोठामै मृत भेटिएका हुन् ।

श्रेष्ठ सिओलदेखि १ सय ४० किमीको दूरीमा रहेको छोङजु औद्योगिक क्षेत्रमा रहेको कपडा रिसाइकल गर्ने कम्पनीमा कार्यरत थिए ।

विदामा घर आएर पुन : कोरिया फर्किएका श्रेष्ठ कोठामा पनि एक्लै रहेकोले उनको हृदघातकै कारण मृत्यु भएको अनुमान गरिएको एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङले बताइन् ।

‘हामी आज भाइ कार्यरत कम्पनी र उनी बस्ने ठाउँमा गएका थियौ । एक्लै बसेका रहेछन् । आईतबार राति नै उनको मृत्यु भएको अनुमान गरिएको छ ।’ अध्यक्ष गुरुङले भनिन्, ‘खाना खाँदा खाँदै ढलेको अवस्थामा भेटिएका थिए । घरबेटीले बत्तिको बिल लिएर जाँदा ढोका नखोलेको र ड्युटी जानेबेलासम्म कुर्दा पनि ढोका नखुलेपछि ढोकाको प्वालबाट चियाएर हेर्दा खुट्टा पसारेको अवस्थामा देखिएको र तत्कालै प्रहरीलाई खबर गरेर हेर्दा उनी मृत भेटिएका थिए ।’

उनको शब अहिले छोङजुको अस्पतालमा रहेको र कम्पनीले सबै खर्च बेहोरेको पनि अध्यक्ष गुरुङले बताइन् ।

नेपाली दूतावास कोरियाका श्रम काउन्सीलर डिल्लीराम वास्तोला, अर्घाखाँची सम्पर्क समिति कोरियाका अध्यक्ष शुन्दर पन्थी, महासचिव दीपक बन्जाडेसहितको टिम घटनास्थल र श्रेष्ठ कार्यरत कम्पनीमा पुगेको थियो ।

‘यस घटनाले हामी दुःखमा परेका छौं । सिंगो समाज पीडामा छ । दूतावासको सहयोगमा जतिसक्दो छिटो यो हप्ताभित्रै शब घर पठाउन पहल गरिरहेका छौं ।’ अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष शुन्दर पन्थीले संसारन्युजसँग भने ।
श्रेष्ठ एक छोरीका बाबु रहेको पनि पन्थीले बताए ।

वि.सं.२०७६ जेठ १४ मंगलवार १५:५१ मा प्रकाशित

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल...

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी काठमाडौँ । रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी...