
१५ जेठ,अमेरिका । गत मे २५ र २६ का दिन युएनए (युनाईटेड नेप्लिज एसोसिएसन) लाई सफल बनाउन शिकागोबाट न्यूयोर्क नेपाली मूलका सफल युवा व्यवसायी प्रितम कुसियैतले हवाई जहाज भाडामा लिएर आफै उडाएर आएकोले धेरैलाई आश्चर्य बनायो ।
अब अमेरिकामा नेपालीहरु आर्थिक रुपले सम्पन्न हुदै आई रहेका छन् । आर्थिक मामलामा नेपालीहरुले ठुलै फडको हानि रहेका छन । जुन सबैको लागि खुसीको कुरा हो ।
कुसियैतले टर्बो यन्त्र भएको वायुयान लिएर आएको बताए । गत बर्ष तेश्रो युएनए सम्मेलनमा कोलोराडोबाट पेम्बा शेर्पा टेक्सास आएका थिए । कुराकानी गर्ने क्रममा प्रितमले पेम्बा शेर्पालाई अर्को साल आफू पनि बिमान लिएर आउने बचन गरेको कुराकानीमा बताए । शिकागोबाट न्यूयोर्क आउन करिव ३ घण्टा लाग्ने बताए ।
शिकागो बाट आफु र आफ्नो साथीलाई लिएर न्यूयोर्कमा आएको बताए । प्रितम सूचना प्रविधि ,एमबिए र हाल बिमान उडाउने सिक्दै गरेको बताए । ३० बर्ष उमेर नपुगेका प्रितमका अनुसार आफ्नो ब्यबसाय निकै राम्रो अवस्थामा रहेको र यो सवै मातापिताको आशिर्वाद र उत्प्रेरणाले गर्दा भएको बताए ।

ब्यबसायको शिलशिला अमेरिकाका अन्य राज्यहरुमा गै रहनु पर्ने भएकोले भाडामा नै वायुयान लिएर जाने गरेको बताए । यसरी नेपालीहरुले आयोजना गरेको सम्मेलनमा सहभागी हुन निजि हवाई जहाज भाडामा लिएर आफै चलाएर आएका ईतिहास निकै दुर्लभ रहेको छ ।
अहिले सम्मको इतिहासमा गत बर्ष कोलोराडोबाट आफ्नै सानो निजि बिमान लिएर आफैले चलाएर टेक्सास आउने पेम्बा शेर्पा हुन् भने प्रितम कुसियैत दोश्रो नेपाली हुन् । नेपाली कार्यक्रम र सम्मेलनमा हवाई जहाज तथा आफ्नै सवारी साधनमा आउने गर्छन भने यसरी हवाई मार्गमा आवत जावत गर्दा ठूलो खर्च लाग्ने हुन्छ ।
तर प्रितमलाई पैसा यसरी खर्च हुँदा लोभ लाग्दैन भन्ने जिज्ञाशा राख्दा जति खर्च गर्नु हुन्छ त्यति कमाउन मन लाग्ने बताए । उनले अगाडी भने कमाई अनुसार आफ्नो व्यक्तित्व निर्माण गर्न खर्च हुने जानकारी गराए ।
उनलाई अनौपचारिक रुपमा घडी अलिक फरक र अद्वितीय लागेकोले दाम सोद्धने कर गर्दा नेपाली मुल्य करिव ५ लाखको लगाएको बुझियो । उनको मुख्य ब्यबसाय सूचना प्रविधि रहको बताए ।
उनले हवाई जहाज चलाउन केवल शोक र मनोरंजनको लागि मात्र गरेको बताए । उनको सूचना प्रविधिको ब्यबसाय अमेरिका ,भारत र नेपालमा रहेको खुलासा गरे । उनलाई बुवाले विश्वास गर्ने गरेको भन्दै मैले वहाको टाउको निहुराउनु पर्न कुनै काम नगरेको बताए । नेपाल सुन्सरी घर भै भएका प्रितम अमेरिकाको आएवा त्यस पछि टेक्ससमा अध्ययन गरेका हुन् ।
२४ बर्ष कै उमेर देखि व्यवसाय सुरु गरेका युवा सफल व्यवसायी प्रितम कुसियैतका पिता राजनैतिक पेशामा रहेको बताए ।
वि.सं.२०७६ जेठ १५ बुधवार ०८:०० मा प्रकाशित




























