back

गणतन्त्र स्मारकमा सुरक्षाकर्मीकै मानमर्दन

वि.सं.२०७६ जेठ १५ बुधवार

360 

shares

१५ जेठ, काठमाडौँ । नारायणहिटी दरवार संग्रालय परिसरमा सुरक्षाकर्मीको मानमर्दन हुनेगरी गणतन्त्र स्मारक बनाएको पाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुन लागेको स्मारकमा सशस्त्र द्वन्दकालमा भएका बेपत्ता तथा हत्याका घटनामा सेना – प्रहरीको संलग्नता भत्काउने गरी कुँदिएका तस्बिर समावेश गरिएका छन् । त्यसप्रति नेपाली सेनाका अधिकारीहरुले गम्भीर आपत्ति जनाएका छन् ।

नेपाली सेनाका परामाधिपति (राष्ट्रपति) बाटै उद्घाटन हुने गणतन्त्र स्मारकमा राज्यका सुरक्षाकर्मीकै मानमर्दन हुनेखालका सामग्री समावेश हुनु गम्भरि आपत्तिको विषय हो,’ नाम नबताउने सर्तमा एक उच्च सैनिक अधिकारीले नागरिकसँग भने, ‘ द्वन्दमा ज्यान गुमाएका सूरक्षाकर्मीलाई चाहिँ अपराधी, गैरकानुनी र हिंसात्मक गतिविधिमा संलग्नलाई चाहिँ सहिद बनाएर स्मारक तयार हुनु गलत हो ।’ स्मारक उद्घाटन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापासहतका उच्च सैनिक अधिकारी समेत उपस्थित हुँदैछन् । सहरी विकास मन्त्रालयले तयार पारेको स्मारकका चारवटै किनारका खम्बामा माओवादी शसस्त्र द्घन्द्घका क्रममा बेपत्ता पारिएका, अंगभंग भएका, ज्यान गुमाएका तथा मारिएका घटनाका झल्काउने किसिमले कुँदिएका तस्बिर समेटिएका छन् ।

आजको नागरिक दैनिक पत्रिकाबाट

वि.सं.२०७६ जेठ १५ बुधवार ०८:१६ मा प्रकाशित

Himalayan Life AD
यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको...

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...