
साहित्यकार तिर्थ पाण्डे अमेरिकामा सम्मानित भएका छन् । मेरिल्याण्ड हाउस डेलिगेट ह्यारी भण्डारीको कार्यालयले अमेरिकाका बिभिन्न ब्यक्ति र संघसंस्थालाई सम्मान गरेको हो ।
मेरिल्यान्डको राजधानी एनापोलिसस्थित मेरिल्याण्ड हाउसको सभा कक्षमा एक बृहत कार्यक्रम सहित उक्त सम्मान गरिएको हो । समाजमा आफ्नो क्षेत्रबाट उल्लेखनीय योगदान पु¥याएको भन्दै उक्त सम्मान गरिएको हो ।
पाण्डे अमेरिकाका बिभिन्न सामाजिक र साहित्यिक संस्थाहरुमा सक्रिय हुनुहुन्छ । उनका ‘आमाको सपना’ कविता संग्रह र ‘सबिता’ र ‘चिरायु’ उपन्यास प्रकशित छन् ।
कार्यक्रममा तिर्थराज पाण्डे लगायत डाक्टर उत्तम गौली, डाक्टर कृष्ण सिजापती, डाक्टर अनुप श्रीवास्तब, डा कृष्ण बिष्ट, रमेश भट्ट ‘नेपाली छोरो’, सतिश चापागाईं, प्रेम श्रेष्ठ, डिल्ली ढुंगाना, लक्ष्मीकान्त जैसी गौडेल, दीपक खतिवडा, बिनोद मोक्तान, अनिल पाण्डे, डाक्टर एलिना शाक्य, महेश्वर पन्त, सारंगा श्रेष्ठ, रेणु शर्मा, बिश्वराज थापा, भक्त थापा, अनु वन्त, रुद्र गुरुङ, इन्द्र थापा, कुमार कार्की (एभरेष्ट तेक्वान्दो), माउन्ट एभरेष्ट रेष्टुरेन्ट, मुरली अधिकारी, बासुदेव खनाल, अर्जुन मैनाली, कुल गुरुङ, रुद्र गुरुङ, हिमालय डेमोक्रेटिक क्लब, साईकियाट्रिक स्पेशियालिटी क्लिनिकलाई सम्मान गरिएको थियो ।
मेरील्याण्ड राज्यका सांसद र सिनेटरहरुको समुह एएपीआईका महसचिव एबम सामुदायिक समन्वय समिति सभापति ह्यारी भण्डारीको समन्वयमा मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट उक्त सम्मान पत्र वितरण गरिएको थियो ।
उपस्थित सयौं नेपालीलाई मेरिल्यान्डको हाउस अफ डेलिगेट र सिनेटको कार्य कक्ष अबलोकन गराईएको थियो । यो त्यही भवन र त्यही च्याम्बर हो जहाँ अमेरिकाका फाउन्डर फादरहरु जर्ज वाशिंगटन र थोमस जेफर्सनले अमेरिकाको सपना बुनेका थिए । यो भवनमा सन् १७७२ देखी हालसम्म निरन्तर संसद चलिरहेको छ । यो नै अमेरिकाको सबैभन्दा पुरानो स्टेट संसद हो ।
वि.सं.२०७६ जेठ १५ बुधवार ०९:०१ मा प्रकाशित

























