back
CTIZAN AD

तपाईको आजको राशीफल

वि.सं.२०७६ जेठ १५ बुधवार

528 

shares

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ। भैपरी आउने समस्याले खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आम्दानी मनग्गे हुनेछ तर फजुल खर्च बढ्नाले अर्थ सञ्चय नहुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। काम गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर परिस्थितिवश आँटेका काममा विलम्ब हुन सक्छ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा)

कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

जिम्मेवारी प्राप्त भए पनि तत्काल लाभ नहुन सक्छ। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। धेरै फाइदा नभए पनि भाग्यले केही अवसर थमाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। अरूको विश्वास गर्दा धोका हुन सक्छ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ। लगनशीलताले विशेष अवसर प्राप्त हुनेछ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आँटले काम बन्नेछ र सफलताले हौसला प्रदान गर्नेछ। परिश्रम परे पनि विभिन्न अवसर जुट्नेछन् र लक्ष्य प्राप्त हुनेछ। अरूले भोगचलन गरेका, आफ्नो हकदाबी लाग्ने वस्तु फिर्ता लिन सकिनेछ। वादविवाद साम्य हुनेछ भने शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। न्यायोचित कर्म गर्दै प्रतिष्ठा जोगाउन सफल भइनेछ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

काममा केही अलमल हुन सक्छ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पढाइलेखाइमा त्यति समय दिन नसकिएला।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले पनि मेहनत खेर जानेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। बुद्धिको उपयोगले मात्र काम सम्पादन हुनेछ। महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पछि लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कुम्भ राशी( गे, गो, सा, सि, सु, से, सो, दा)

आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुपर्ला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

काममा केही समय लागे पनि पहिलेको सफलताले हौसला जगाउनेछ। रमाइलो परिस्थितिको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। रमाइलो भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।

वि.सं.२०७६ जेठ १५ बुधवार ०९:०४ मा प्रकाशित

Himalayan Life AD
एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

चितवन । रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको...

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

गलकोट (बागलुङ) । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल...

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी...

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन...