back
CTIZAN AD

किन रुदै फर्कनु पर्यो राजदूतलाई ?

वि.सं.२०७६ जेठ १५ बुधवार

624 

shares

१५ जेठ, काठमाण्डौं । भारत, चीनबाट आउने कस्ता कस ऐरे, गैरे, नत्गु खैरेले पनि हाम्रो देशका सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीसँग फोटो खिच्न पाउँछन् । तर, कम्युनिष्ट शासन चलेको एउटा देशका राजदूत भने प्रमसँग भेट्न नपाइकन कार्यकाल सकेर रुदैं रुदै फर्किएका छन् ।

संसारमा कम्युनिष्ट शासन चलेका देश कति छन् र ? नेपालमा बहुमतको सरकारबाहेक एकदलीय क्युवा, चीन, भियतनाम, लाओस र उत्तर कोरिया गर्दा जम्मा ५ वटा मात्र । त्यसमध्ये महाशक्ति राष्ट्र अमेरिकासँग टक्कर लिँदै उत्तर कोरिया मिसाइल पड्काउनमा व्यस्त छ । त्यहि देशका राजदूत किम योङ हाकले केही महिना अघि सम्माननीय प्रधानमन्त्रीज्यूलाई बधाई सन्देश दिनका लागि भेट्न पाउ भनेर परराष्ट्र मन्त्रालयमार्फत् पत्राचार गरे । जाने बेलासम्म पनि बिदाई भेटको प्रयास गरिरहे । तर, अहँ ढिम्कनै दिइएन ।

किन यस्तो भयो ? प्रधानमन्त्रीज्यूलाई थाहै दिईएन वा अरु देशसँगको सम्बन्धमा असर पर्छ भनेर पो त्यसो गरियो ? ययो कुरा आजसम्म अनुत्तरित छ । तर, जाँदा जाँदै कोरियनहरुले चुहाएको सूचना भने गज्जबको रहेको बुधबारको जनआस्था साप्ताहिकमा समाचार छ ।

उनीहरुले आफ्नो साथी सर्कलमा भनेका रहेछन, सम्माननीय प्रधानमन्त्रीज्यू दुई दशकअघि एक कार्यक्रममा भाग लिन कोरिया जाँदा त्यहाँ अन्य देशका प्रतिनिधिले बोल्न पाए, तर त्यतिबेला सानो भूमिकामा रहनु भएका, भोलि सत्ताको शिखरमा पुग्ने÷नपुग्ने टुंगो नभएका कारण उहाँलाई त्यति महत्व दिइएन ।

कतै त्यो तुष त पोखिएको होइन ? गुनासो गर्ने राजदूतले सुनाए, ‘तर, त्यसमा हाम्रो के दोष ? पहिला परराष्ट्रका वा श्रमिक पार्टीका कसैले नजरअन्दाज गरे होलान्, तर, अहिले म एउटा देशको राजदूत भएर आएको छु । तीन वर्ष बसेर पनि सरकार प्रमुखसँग भेट्न नपाउनुमा मेरो के कैफियत छ ?’ यसबारे केही पत्ता नलगाई उनी प्योङयाङ पुगिसकेका छन् ।

वि.सं.२०७६ जेठ १५ बुधवार ०९:३४ मा प्रकाशित

Himalayan Life AD
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौँ, २९ माघः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...