back

आगलागीपीडितलाई रेडक्रसबाट सहयोग

वि.सं.२०७६ जेठ १५ बुधवार

450 

shares

१५ जेठ, बनेपा । बेथनाचोक गाउँपालिका–५ च्यासिङखर्कस्थित च्याल्टीका आगलागीपीडित शिव दाहालको परिवारलाई नेपाल रेडक्रस सोसाइटी बनेपा शाखा काभ्रेपलाञ्चोकले राहत वितरण गरेको छ ।

आगलागीपीडित दाहाल परिवारलाई रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाका सभापति रघुवर चौप्रधान नेतृत्वको टोलीले उनलाई राहत सामग्री हस्तान्तरण गरिएको हो । सभापति चौप्रधानले पीडितलाई तत्कालका लागि आवश्यकपर्ने खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा वितरण गरेको बताए ।

स्थानीयबासिन्दा दाहालको घरमा हिजो विद्युत चुहिएर आगलागी हुँदा घर जलेर नष्ट हुनुका साथै नगद रु दुई लाख पचास हजार, साँढे दुई तोला सुन, १० मुरी मकै, छ मुरी तोरी, चार मुरी गहँ  चार मुरी जौँलगायत जिन्सी सामान र लत्ताकपडा जलेर नष्ट भएको वडा नं ५ का वडाध्यक्ष खजेन्ची लामाले बताए । “जिउमा लगाउने लुगाबाहेक अरु केही नभएपछि उनका परिवारलाई गाउँपालिका र वडा कार्यालयको सहयोगमा तत्कालका लागि ओढ्ने ओछ्याउनेको व्यवस्था गर्नुका साथै खाना पकाउन भाँडाकुँडा र खाद्यान्न सामग्री उपलब्ध गराएका छौँ”, वडाध्यक्ष लामाले भने “छ जनाको परिवार रहेको उनी अहिले नजिकैको गोठमा बस्दै आएका छन् ।” भएको नगद, जिन्सी र अन्नपात जलेर नष्ट भएपछि पीडित दाहाल परिवार निकै समस्यामा परेका छन् ।

वि.सं.२०७६ जेठ १५ बुधवार ११:४१ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...