back

खेलकूदको बजेट रु तीन अर्ब ९९ करोड, अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि १० करोड

वि.सं.२०७६ जेठ १५ बुधवार

435 

shares

१५ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि खेलकूदका लागि रु तीन अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडा(Dr. Yubraj Khatiwada) ले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आवको बजेट प्रस्तुत गर्दै खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखेर उक्त रकम विनियोजन गरिएको बताए ।

सरकारले काठमाडौँस्थित निर्माणाधीन मूलपानी क्रिकेट मैदान आगामी दुई वर्षसम्म सम्पन्न गर्न रु १० करोड विनियोजन गरेको छ । निजी क्षेत्रको अग्रसरतामा हुने क्रिकेट लगायतका खेल मैदानहरुको निर्माण कार्यलाई सरकारले प्रोत्साहन गर्ने वक्तव्यमा उल्लेख छ ।

काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको खेलकूद परिसर निर्माण गर्ने, सबै प्रदेशमा सुविधासम्पन्न रङ्गशाला र सबै स्थानीय तहमा खेलग्राम निर्माण गरिने भएको छ । क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी स्थापना गरीने, १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) र २०७७ सालमा गण्डकी प्रदेशमा आयोजना गरिने नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि आवश्यक बजेट छुट्ट्याइएको अर्थमन्त्री खतिवडाले बताए ।

साग आगामी डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौँ र पोखरामा हुँदैछ । काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको खेलकूद परिसरको निर्माण गर्न प्रारम्भिक अध्ययनसमेत गरिने अर्थमन्त्री खतिवडाले बताए । बजेटमा सङ्घ, प्रदेश र स्थानीय तहमा खेलाडीलाई प्रशिक्षण र क्षमता विकासका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

 

वि.सं.२०७६ जेठ १५ बुधवार २०:१४ मा प्रकाशित

Himalayan Life AD
नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

  काठमाडौं । लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ अब नेपाल...

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा...

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र...

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण...