back

शिक्षक अभाव टार्न स्वयमंसेवक

वि.सं.२०७६ जेठ १६ बिहीवार

483 

shares

१६ जेठ, काठमाडौँ । मुलुकभरमा सामसदायिक विद्यालयमा देखिएको शिक्षक अभाव टार्न सरकारले शिक्षण स्वयंसेवक खटाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसद्मा आर्थिक वर्ष २०७६–२०७७ को बजेट पेश गर्दे स्नातक र स्नाकोत्तर विद्यार्थीलाई शिक्षण स्वयंसेवकका रूपमा खटाइने जनाए ।

यसका लागि १ अर्व ५० करोड बजेट विनियोजन गरिएको छ । धेरै विद्यार्थी, थोरै शिक्षक भएका विद्यालयमा यस्ता शिक्षक नियुक्त गरिनेछ । शिक्षण सिकाइ सहयोग अनुदान कार्यक्रममार्फत शिक्षण स्वयंसेवक परिचालन गर्न लागिएको हो । सामुदायिक विद्यालयहरुमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको बढी अभाव छ । अर्थमन्त्री खतिवडाले विज्ञान प्रविधिसहित शिक्षा क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ७६ करोड बजेट प्रस्तुत गरेका छन् । जुन गत वर्ष भन्दा करिब २९ अर्बले बढी छ । गत वर्ष शिक्षा क्षेत्रमा कुल बजेटको १०.२३ प्रतिशत विनियोजन गरिएकामा यस वर्ष १०.६८ प्रतिशत् हुन आउँछ । यसरी हेर्दा ०.४५ प्रतिशत बजेट मात्रै वद्घि भएको देखिन्छ । शिक्षामा गत वर्षको तुलनामा खर्च गर्ने क्षेत्र भने वुद्घि भएको देखिन्छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, चिकित्सा शिक्षा ऐन कार्यान्यन गर्न अर्बै खर्च आवश्यक छ ।

बिहीबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ जेठ १६ बिहीवार ०७:५२ मा प्रकाशित

Himalayan Life AD
आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सबै राजनीतिक दलहरुलाई सिंहदरबार...

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

जनकपुरधाम । सिरहामा डाँका समूहको गोली प्रहारबाट दुई जना गम्भीर...

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

भक्तपुर । यहाँस्थित डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...