back

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण स्थगित

वि.सं.२०७६ जेठ १६ बिहीवार

471 

shares


१६ जेठ, काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका वडा नं १५ रामपुर शान्तिचोकमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेटस्थल स्थगित गरेको छ । बुधबार स्थानीयले डोजर लगाएर फाउण्डेसनको बार भत्काइदिएपछि रङ्गशाला निर्माण स्थलमा उचित कार्य बाताबरण सिर्जना नभईन्जेल सम्मका लागि निर्माण स्थगित गरिएको फाउण्डेसलने प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलद्वारा जारी विज्ञप्तीमा अत्यन्त उत्साहका साथ बनिरहेको परियोजनामा केही उच्छृङखल समूहबाट डोजर प्रयोग गरी तहस नहस बनाइएको भन्दै त्यसकार्यको घोर भत्सर्ना गरिएको छ ।

डिपीआर पश्चात महानगर, एएफयु र फाउण्डेसनको पश्चिमतर्फको बाटोको विषय तय गर्ने अवस्था छँदाछँदै परियोजना भित्रको सुरक्षाको स्थिति र कार्यवातावरण तयार गर्न लगाइएको अस्थायी बार सुनियोगित रुपमा स्थानीयमा भ्रामक दुश्प्रचार गरिएको विज्ञप्तीमा उल्लेख छ ।

बुधबारको घटनाबाट कार्यवातावरण, कर्मचारी, कर्मचारीको जिउ ज्यान र भौतिक सम्पत्तिको सुरक्षाको विषयमा खतरा र गम्भिर परिस्थिति श्रृजना भएको भन्दै सो सम्बन्धमा स्थायी समाधान र कार्यावातावरण तयार नभएसम्मका लागि परियोजनाको कामकारवाही स्थगित गरिएको उल्लेख छ । यसबाट पर्न गएको असुविधा प्रती सम्पुर्ण सहयोगी मनहरु, शुभचिन्तक लगायत आम नेपालीहरुमा क्षमाप्रार्थी छौ, विज्ञप्तीमा भनिएको छ ।

वि.सं.२०७६ जेठ १६ बिहीवार १२:०४ मा प्रकाशित

Himalayan Life AD
कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

  काठमाडौं । लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ अब नेपाल...

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा...

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र...

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण...