back

आयोग लडेर आएका दलित शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि तालाबन्दी

वि.सं.२०७६ जेठ १६ बिहीवार

459 

shares

१६ जेठ, महोत्तरी । दलित भएकै कारण महोत्तरी जिल्लाको पिपरा गाउँपालिकास्थित एक विद्यालयमा एक स्थायी शिक्षकलाई पाधानाध्यापकले हाजिर नगराउँदा विगत तीन दिनदेखि तालाबन्दी गरिएको छ ।पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयमा एक दलित शिक्षकलाई हाजिर नगराउँदा स्थानीयवासीले सो विद्यालयमा मङ्गलबारदेखि तालाबन्दी गरिदिएका हुन् ।सो विद्यालयमा गणित विषयतर्फ आयोग लडेर आएका नयाँ शिक्षक दिनेश दासलाई दलित भनेर त्यहाँका प्रधानाध्यापक मनोज ठाकुरले हाजिर नगराएपछि स्थानीयवासीले विद्यालयमा तालाबन्दी गरिदिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता विक्रम चौधरीले बताए ।

सो विद्यालयकै रिक्त दरबन्दीमा किटान गरेर मावितर्फ गणित विषयको शिक्षकको रूपमा आएका दासलाई विद्यालयका प्रधानाध्यापक ठाकुरले दलित भएकै कारण विद्यालयमा हाजिर हुन नदिएको नेता चौधरीले बताए । एक साताअघि विद्यालयमा हाजिर हुन गएका शिक्षक दासलाई प्रअ ठाकुरले भोलि\पर्सि गर्दागर्दै कुनै पनि हालतमा अब हाजिर नै नगराउने भनेपछि करीब १०० को सङ्ख्यामा गएका स्थानीयवासीले विद्यालयमा तालाबन्दी गरिदिएका छन् । यसरी विगत तीन दिनदेखि सो विद्यालयमा तालाबन्दी हुँदा त्यहाँ अध्ययनरत सयौँ विद्यार्थी शिक्षादीक्षाबाट वञ्चित छन् ।

दलित छात्रावास निर्माण शुरु

महोत्तरी जिल्लाकै सबैभन्दा जेठो क्याम्पसमा दलित छात्रावास निर्माण शुरु भएको छ । सदरमुकाम जलेश्वरमा अवस्थित रामनन्दन विश्वेश्वर महेन्द्र क्याम्पसमा रु एक करोडको लागतमा दलित छात्रावास निर्माण शुरु भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवेन्द्र चौधरीले बताए ।

सदरमुकामसहित वरपर ५\७ नगरपालिका र गाउँपालिकाका हजारौं विद्यार्थी अध्ययनरत सो क्याम्पसमा प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयको रु एक करोडको आर्थिक सहयोगमा छात्रावास निर्माणकार्य शुरु भएको हो । सो छात्रावासमा १० अत्याधुनिक सुविधायुक्त शैक्षिकमैत्री कोठा निर्माणकार्य शुरु भएको छ ।

वि.सं.२०७६ जेठ १६ बिहीवार ११:३२ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग...

आज अन्तरराष्ट्रिय पर्वत दिवस

आज अन्तरराष्ट्रिय पर्वत दिवस

काठमाडौँ । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव,...

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

सिरहा । अन्तरराष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले लहान नगरपालिकालाई पाँच थान...

ताथलीगढी र हलालगाउँ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

ताथलीगढी र हलालगाउँ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

भादगाउँ । चाँगुनारायण नगरपालिका–९ ताथलीमा अवस्थित ताथली गढी र मनमोहक...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर...