१६ जेठ, काठमाण्डौं । बजेट वक्तव्य शेयर बजारमैत्री भएको सङकेत दोस्रो बजार बढ्ने क्रमले देखाएको छ । आजको शेयरकारोबार सुरु भएको १५ मिनेटमा नै २.६० प्रतिशतले बजार बढेसँगै यो सङकेत देखिएको हो ।
बजेट बजारमैत्री भएको विश्लेषण बजारसास्त्रीहरुले गरेका छन । ब्रोकर संघले त विज्ञप्ति नै जारी गरेर बजेटको स्वागत गरेको छ । विगत दुई वर्षदेखि लगानीकर्ता सरकारप्रति असन्तुष्ट रहँदै आएका थिए । लगानीकर्तालाई अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीगत लाभकर घटाएर राम्रै उपहार दिएका थिए ।
सरकार बजार प्रति अनुदार रहेको आलोचना चिर्दै खतिवडाको युटर्न नीतिले बजारमा उत्साह देखिएको छ । बजार सुधार हुन थालेसँगै अधिकांस कम्पनीको मूल्य बढिरहेको छ। बजार सुधार हुने क्रममा सबैभन्दा धेरै बाणिज्य बैंकको सूचक बढेको छ।
रसुावागढी र साञ्जेनको सुचिकरण श्रावणमा
यसै बिच साञ्जेन र रसुवागढी हाइड्रोपावरको सेयर सूचीकरण साउनमा मात्रै हुने भएको छ । आइपीओ बाँडफाँड भएको डेढमहिना बितिसक्दा समेत दुई हाइड्रोपावरको सेयर नेप्सेमा सूचिकृत भएको छैन ।
नेप्सेमा सूचीकृत भई लगानीकर्ताहरुले खरिदबिक्री गर्न अझै अढाई महिना कुर्नुपर्ने देखिएको छ ।
निशुल्क बनाउन समन्वय गर्न समय लाग्ने भएकाले साउनसम्म मात्र सूचिकरण हुनसक्ने अनुमान गरीएको छ ।
वि.सं.२०७६ जेठ १६ बिहीवार १२:२४ मा प्रकाशित




























