back

जुन १ र २ मा मिलानमा उपस्थित हुन एनआरएनए इटालीको आग्रह

वि.सं.२०७६ जेठ १६ बिहीवार

393 

shares

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इटाली(NRNA-ITALY)ले इटालीमा कार्यरत सम्पूर्ण नेपाली समुदायलाई जुन १ र २ मा हुने कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।

नेपालीका लागि नेपाली भन्ने नारालाई आत्मसाथ गर्दै इटालीभित्र विभिन्न क्षेत्रहरुमा बसोबास गर्दै आएका नेपालीसमुदाय बिच आपसी सम्बन्धको आधारमा भाइचारा सदभाब तथा एकताको सुत्रधारको अबधारणा अनुरुप यहि आउँदो जुन १ र २ मा इटालीको मिलानमा हुन गैरहेको दोस्रो एनआरएनए कप इन्टरसिटी फूटबल प्रतियोगिता तथा नेपाली स्थानीय कलाकारहरुको बेजोड प्रस्त्तुती रहने सांस्कृतिक कार्यक्रममा सहभागी हुन आग्रह गरिएको हो ।

नआरएनए इटालीको आयोजना र नेपाल मितेरी मंच मिलानोको ब्यबस्थापन रहने सो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको एनआरएनए इटालीका महासचिव छविलाल कंडेलले जानकारी दिएका छन् ।

महासचिव कंडेलले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न इटालीमा रहेका नेपाली संघसंस्था, तथा नेपाली समुदायले कार्यक्रमलाई एकताको पर्बको रुपमा लिई उपस्थित भैदिन हुनका लागि आग्रह गरेका छन् ।

उक्त प्रतियोगितामा नेपाली समाज रोम, नेपाली समाज पिसा, नेपाली समाज कोलेकियो पारमाबाट एक एक, नेपाल मितेरी मंच मिलानोबाट २ र VALLE DOSTA र नेपाली समाज भेनिशबाट संयुक्तरुपमा १ टिम गरि जम्मा ६ टिमको सहभागिता हुने उनले बताए ।

वि.सं.२०७६ जेठ १६ बिहीवार १२:३२ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...