back

सेक्युरिटी गार्ड सम्बन्धी निशुल्क तालीम

वि.सं.२०७६ जेठ १६ बिहीवार

1.7K 

shares

१६ जेठ, जुम्ला । पातारासी गाउँपालिका–६ तिर्खुका शिवराज बोहरा र चमेली बुढा रोजगारी पाउने भएपछि खुशी भएका छन् ।
सामाजिक विकास मन्त्रालयको सहयोग र व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाको प्रायोजन एंव शुभलाभ सेक्युरिटी सर्भिसेज प्रालिको आयोजनामा एकमहीने निःशुल्क सेक्युरिटी गार्ड तालीम लिएर रोजगारी पाउने भएपछि उनीहरु खुशी भएका हुन् ।

प्लस टुसम्म पास गरेका बोहोरालाई कोरा शिक्षाले मात्र केही नहुने भएकाले सीपमूलक शिक्षा आवश्यक भएकाले तालीममा सहभागी भएको शिवराज बोहोराको भनाइ छ ।

यो तालीम लिएपछि स्वदेशमा मात्रै नभई विदेशमा पनि केही गर्न सकिन्छ कि भन्ने आँट आएको चमेली बुढालले बताए । अर्का युवा कालीबहादुर ऐडीले यो तालीम सिके स्वदेश वा विदेशमा गएर राम्रो रोजगारी पाउनेमा विश्वस्त भएको जानकारी दिएको छ ।

व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाका कार्यालय प्रमुख नारायण चौलागाईंले बेरोजगारी समस्यालाई समाधान गर्नका लागि सीपमूलक शिक्षा प्रदान गर्न लागिएको बताए ।यसैबीच पत्रकारलाई फोटो तथा भिडियोग्राफी गर्नमा सहज होस् भन्ने उद्देश्यले जुम्लाका पत्रकारहरुलाई १६० घण्टे क्यामरा तथा भिडियोग्राफी सम्बन्धी तालीमको आयोजना गरिएको हो ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले क्यामेरा तथा भिडियोग्राफी तालीमले पत्रकारिता पेशालाई व्यवसायीकरण गर्नमा यो तालीम सहयोगी हुने विश्वास व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले पत्रकारितालाई अझ बढी व्यावसायिक र मर्यादित बनाउनका लागि यो तालीम उपयोगी हुने बताए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईंले व्यवसायिक पत्रकारिताको विकासमा यो तालीमले सहयोग पु¥याउने बताए ।

वि.सं.२०७६ जेठ १६ बिहीवार १४:५२ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...