back

प्रधानमन्त्री ओली भारत प्रस्थान

वि.सं.२०७६ जेठ १६ बिहीवार

498 

shares

१६ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन आजै गणतन्त्र भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् ।

उनलार्ई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत मन्त्रिगण, सांसद, तीन वटै सुरक्षा निकायका प्रमुखले बिदाइ गरे । उनी शुक्रबार साँझ स्वदेश फर्कने कार्यक्रम छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । साथमा उन्की धर्मपत्नी राधिका शाक्य पनि थिइन् । भारत सरकारले शपथ ग्रहण समारोहमा आमन्त्रित गरेका छिमेकी मुलुकका अतिविशिष्ट आठ अतिथिमध्ये प्रधानमन्त्री ओली एक हुन् ।

यसअघिको निर्वाचनमा मोदीको विजयपछि सन् २०१४ मा पहिलो कार्यकालका लागि भएको शपथ ग्रहण समारोहमा सार्क मुलुकका सरकार प्रमुखका हैसियतले प्रधानमन्त्री ओली नै सरिक भएका थिए । भारतीय सञ्चारमाध्यमले यस पटक सार्क मुलुकका सबै सरकार प्रमुखलाई आमन्त्रण नगरिएको जनाएका छन् ।

भारतीय जनता पार्टीका नेता मोदीले दोस्रो कार्यकालका लागि आज साँझ भारतीय राष्ट्रपति भवन नयाँ दिल्लीमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

वि.सं.२०७६ जेठ १६ बिहीवार १५:०३ मा प्रकाशित

Himalayan Life AD
आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सबै राजनीतिक दलहरुलाई सिंहदरबार...

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

जनकपुरधाम । सिरहामा डाँका समूहको गोली प्रहारबाट दुई जना गम्भीर...

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

भक्तपुर । यहाँस्थित डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...