back

शेयर बजारमा उच्च अङ्कको कारोवार, नेप्से सामान्य अङ्कले वृद्धि

वि.सं.२०७६ जेठ १६ बिहीवार

441 

shares

१६ जेठ, काठमाण्डौं । रु एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापन नेप्से परिसूचक आज ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरे पनि शेयर बजारमा भने त्यसको सामान्य प्रभाव परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले बढेर एक हजार ३१९ दशमलव४७ अङ्कमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ बिन्दुले मात्रै बढेको छ । कूल १७४ कम्पनीको ४८ लाख ९४ हजार ६८१ कित्ता शेयर कारोवार भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये चार उपसमूहको मात्रै शेयर उकालो लागेको छ । बैंकिङ १० दशमलव ५९, अन्य दुई दशमलव शून्य सात, जीवन बीमा ९ दशमलव ५४ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात बिन्दुले बढेको छ ।

यस्तै होटल १८ दशमलव ५४, विकास बैंक चार दशमलव ४४, जलविद्युत् ५ दशमलव २९, वित्त शून्य दशमलव शून्य नौ, निर्जीवन बीमा ६ दशमलव ७९, उत्पादन २४ दशमलव ३५ र लघुवित्त एक दशमलव ७८ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज शिवम् सिमेन्टको रु १७ करोड १९ लाख ६५ हजार १४९ मा कारोवार भयो । नेपाल बैंक लिमिटेड रु १६ करोड ६१ लाख ३४ हजार ६३८, प्रभु बैंक रु १० करोड ९९ लाख २१ हजार ६३३ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु नौ करोड २२ लाख ९५ हजार १४४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी नौ दशमलव ५९, रैराङ हाइड्रोपावर कम्पनी आठ दशमलव ३३, एनआइसी एशिया ग्रोथ फण्ड छ दशमलव४१, ग्रिन डेभलपमेन्ट बैंकका शेयरधनीले पाँच दशमलव ९८ प्रतिशतले कमाए । त्यस्तै पाँचथर पावर कम्पनी नौ दशमलव ९४, नेशनल माइक्रोफाइनान्स पाँच दशमलव शून्य पाँच, कन्काई विकास बैंक चार दशमलव ७० र वेस्ट फाइनान्सका शेयरधनीले चार दशमलव ६२ प्रतिशतले गुमाए ।

वि.सं.२०७६ जेठ १६ बिहीवार १६:२७ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

एन आई सी एशियाले ल्यायो लकरमा विशेष छुट सुविधा

एन आई सी एशियाले ल्यायो लकरमा विशेष छुट सुविधा

काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई...