back

बुडापेस्टमा पर्यटक डुङ्गा दुर्घटना, सात जनाको मृत्यु

वि.सं.२०७६ जेठ १६ बिहीवार

546 

shares

१६ जेठ, बुडापेस्ट ।  हंगेरीको राजधानी बुडापेस्टमा भएको डुङ्गा दुर्घटनामा परी सात पर्यटकको मृत्यु
हुनुको साथै २१ जना बेपत्ता भएका हंगेरी र दक्षिण कोरियाली अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

हंगेरीको राजधानी बुडापेस्टको ड्यानुब नदीमा दृश्यावलोकन गराउने एक डुङ्गा पल्टिँदा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य २१ जना बेपत्ता भएका त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सो डुङ्गामा सवार रहेका ३३ जना दक्षिण कोरियाली नागरिक भएका सोलस्थित विदेश मन्त्रालयले जानकारी दिएको छ ।

अझै २१ जना बेपत्ता रहेका हंगेरीका प्रहरी प्रवक्ता क्रिस्टोफ गालले एएफपी समाचार समितिलाई बताएका छन् । हराइरहेका २१ व्यक्तिमा पनि प्रायः दक्षिण कोरियाली नागरिक नै रहेका दक्षिण कोरियाली विदेश मन्त्रालयले थप जानकारी दिएको छ ।

स्थानीय समयानुसार बुधबार राति करिब ९ बजे भीषण रुपमा वर्षा भइरहेको अवस्थामा नदीको किनारमा बाँधेर अड्याइराखेको सो डुङगामा अर्को डुङ्गा आएर ठोक्किएपछि दुर्घटना भएको थियो ।

दुई तले सो डुङ्गामा ४५ जना बसेर दृश्यावलोकन गर्न सकिने क्षमता रहेको, तर यस डुङ्गामा ६० व्यक्ति सवार रहेका प्रत्यक्षदर्शीहरुले जनाकारी दिएका छन् ।

हराइरहेका व्यक्तिको खोजीका लागि ड्यानुब नदीमा बिहीबार उद्धार अभियान चलाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । दक्षिण कोरियाले आफ्नो सरकारी टोली हंगेरी पठाउने योजना बनाएको जनाइएको छ ।

डुङ्गा, गोताखोर, प्रकाश तथा राडार उपकरणको प्रयोग गरेर दुर्घटनास्थलबाट निकै तलसम्म नदीमा हराइरहेका पर्यटकहरूको खोजी भइरहेको छ ।

हराएका उनीहरुलाई जीवितै उद्धार गर्न सकिने सम्भावना कम रहेको उद्धारकर्ताहरूले बताएका छन् ।

वि.सं.२०७६ जेठ १६ बिहीवार १६:४२ मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...