back
CTIZAN AD

दलित दलितबीच पनि आपसमै विभेद

वि.सं.२०७३ कात्तिक ३० मंगलवार

918 

shares

 ३० कात्तिक, जाजरकोट । यहाँका ग्रामीण क्षेत्रका दलित समुदायका स्थानीयबासीले आफू आफूबीच विभेद गर्ने गरेको पाइएको छ ।

विकले दमाईं, सार्कीलाई पानी छुन नदिने, घरको ढोकाभित्र छिर्न नदिने, छोएको खाना नखाने लगायतका विभेद अझै कायम रहेको खुलासा भएको छ ।

जिल्लाको बारेकोट क्षेत्रको नायकवाडा, रोकायगाउँ, रामीडाडाँ, सक्ला, भगवती, पश्चिमका अधिकांश गाविसमा यस्तो समस्या देखिएको हो । दलितभित्रका कामी, विक र नेपालीले अन्य दलितलाई बोलाउँदा समेत तिमी, तँ भनेर बोलाउँछन् भने बादी, लुहार, दमाईं, सार्कीले भने उनीहरुलाई तपाईं भनेर बोलाउने गरेको पाइएको छ ।

दलितभित्र नै विभेद रहेका कारण छुवाछूत प्रथा हट्न निकै मुस्किल भएको खगेनकोटका कृष्णबहादुर शाहीले बताउनुभयो । युवाहरुले यो विभेदलाई हटाउन खोजे पनि सवै युवा शिक्षित नहुनु, पाका उमेरका मानिस पुरानो संस्कार छाड्न नमान्नु विभेद नहट्ने समस्या हो । धारामा पानी भर्दादेखि भान्सासम्म दलितले दलितलाई नै विभेद गर्ने गरेका छन् । नायकवाडाका जयबहादुर दमाईं भन्नुहुन्छ “पुराना संस्कार, रीतिस्थिति बदलेर पाप गर्नु छैन, हामी चलेको चलन नै चलाउँछौँ ।”

विभेदका विषयमा खुलेर पढेलेखेका युवाले विरोध गरेपनि बूढापाकाले पुरानो संस्कारलाई नै निरन्तरता दिनु र युवा पीँढीलाई बूढापाकाले विरोध नगर्न दबाब दिएपछि विभेद हट्न थप मुस्किल भएको छ । रासस

वि.सं.२०७३ कात्तिक ३० मंगलवार ०३:३८ मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...