back

इराकी बिस्फोटनमा चारको मृत्यु, अरु २० भन्दा बढी घाइते

वि.सं.२०७६ जेठ १७ शुक्रवार

672 

shares

१७ जेठ, बग्दाद । इराकको किर्कुक शहरमा बिहीबार भएको शक्तिशाली बिस्फोटनमा कम्तीमा चार जनाको ज्यान जानुका साथै अरु २० जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार किर्कुकको मुख्य सडकमा छ वटा बम बिस्फोट गराइएको थियो । किर्कुक राजधानी बग्दादबाट करिब २५० किलोमिटर उत्तरमा रहेको छ । किर्कुकका प्रान्तीय प्रहरी प्रवक्ता अम्मार अल जुबोरीले उक्त बिस्फोटका कारण एक जना प्रहरीको पनि मृत्यु भएको जानकारी दिए ।

सुरक्षाकर्मीले किर्कुक बिस्फोटका बारेमा अनुसन्धान थालेको छ । सडकमा बम राख्दै गरेको देखिएका दुई वटा शंकास्पद कारको खोजी भइरहेको उनले बताए ।मिश्रित जातीय बसोबास रहेको किर्कुकको केही भाग अर्ध स्वशासित कुर्दिस्तान पनि रहेको छ ।

उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन, तर इस्लामिक स्टेट्सले किर्कुकमा सुरक्षाफौजमाथि लक्षित गरी निरन्तर आक्रमण गर्ने गरेका छन् । यही समूहले मानिसहरुको भिडभाड हुने स्थान, बजार, कफि पसल तथा मस्जिदलाई पनि लक्षित गर्ने गरेका छन् ।

सन् २०१७ मा इराकी सुरक्षाफौजले आइएसलाई पराजित गरेयता ठूला आक्रमणका घटनामा नाटकीय रुपमा कमी आएको छ । तर आइएसका लडाकूहरु अझै पनि शहरी इलाकामा लुकेर बसेका र बेलाबखत आक्रमण गर्ने गरेको देखिएको छ ।

वि.सं.२०७६ जेठ १७ शुक्रवार १३:२२ मा प्रकाशित

Himalayan Life AD
‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

ब्रसेल्स, बेल्जियम । इयूले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’...

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायत । सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान...

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

जोस (नाइजेरिया)। मध्यपश्चिम नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीहरूले कम्तीमा ३५ जनाको...

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

काराकस। घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस...

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

इस्लामबाद । पाकिस्तानको बलूचिस्तान प्रान्तमा अलगाववादी समूहहरूले गत शनिबारदेखि सुरु...

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

दुबई, संयुक्त अरब इमिरेट्स। इरानका राष्ट्रपति मासउद पेजÞेश्कियनले देशका विदेशमन्त्रीलाई...