back

नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रधामन्त्री ओली र भारतीय प्रधामनत्री मोदीको प्रतिबद्धता

वि.सं.२०७६ जेठ १७ शुक्रवार

312 

shares
GLOBAL IME AD
NTC AD

१७ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र  भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा अपराह्न भएको भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नाका साथै आपसी हित र चासोका विविध विषयमा विचार–विमर्श गर्नुभएको भारतको बाह्य मामिला मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको कार्यकालको सफलताको कामना गर्दै विशेष उपहारस्वरुप रुद्राक्षको माला प्रदान गरेका थिए । पशुपतिनाथको मुलुकका सरकार प्रमुख ओलीले काशी विश्वनाथको मुलुकका सरकार प्रमुखलाई भगवान शिवको प्रिय माला रुद्राक्ष उपहार प्रदान गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

भारतको प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालका लागि चयन भएका मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबारदेखि नयाँदिल्लीमा छन् ।

वि.सं.२०७६ जेठ १७ शुक्रवार १४:५१ मा प्रकाशित

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री...

वरिष्ठ पत्रकार बस्नेतको हृदयघातका कारण निधन

वरिष्ठ पत्रकार बस्नेतको हृदयघातका कारण निधन

काठमाडौं । भक्तपुर एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको...

भारतीयको रोजाइमा नेपाली गुन्द्रुक र हस्तकला

भारतीयको रोजाइमा नेपाली गुन्द्रुक र हस्तकला

कमलकुमार बस्नेत र राजेन्द्र विष्ट,देहरादुन (भारत) । “आउनुहोस्, भाँडा र...

गाउँपालिका अध्यक्ष र जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

गाउँपालिका अध्यक्ष र जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

सिरहा । यहाँको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय...

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

वीरगञ्ज (पर्सा) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...