back
CTIZAN AD

नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रधामन्त्री ओली र भारतीय प्रधामनत्री मोदीको प्रतिबद्धता

वि.सं.२०७६ जेठ १७ शुक्रवार

462 

shares

१७ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र  भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा अपराह्न भएको भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नाका साथै आपसी हित र चासोका विविध विषयमा विचार–विमर्श गर्नुभएको भारतको बाह्य मामिला मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको कार्यकालको सफलताको कामना गर्दै विशेष उपहारस्वरुप रुद्राक्षको माला प्रदान गरेका थिए । पशुपतिनाथको मुलुकका सरकार प्रमुख ओलीले काशी विश्वनाथको मुलुकका सरकार प्रमुखलाई भगवान शिवको प्रिय माला रुद्राक्ष उपहार प्रदान गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

भारतको प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालका लागि चयन भएका मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबारदेखि नयाँदिल्लीमा छन् ।

वि.सं.२०७६ जेठ १७ शुक्रवार १४:५१ मा प्रकाशित

Himalayan Life AD
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौँ, २९ माघः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...