back

मेक्सिकाली राष्ट्रपतिको अमेरिकासँग वार्ताको प्रस्ताव

वि.सं.२०७६ जेठ १७ शुक्रवार

486 

shares

१७ जेठ, मेक्सिको सिटी ।  अमेरिका र मेक्सिको सीमा क्षेत्रमा जारी रहेका आप्रवासी मुद्दाको समाधानको लागि मेक्सिकाली राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बिहीबार संयुक्तराज्य अमेरिकासँग वार्ताको प्रस्ताव राखेका छन् ।

यस सामाजिक समस्यालाई कर र बलपूर्वक रोक्ने उपायबाट समाधान नहुने लोपेजले डोनाल्ड ट्रम्पलाई पठाएको एक पत्रमा बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत अमेरिका र मेक्सिकोको सीमा इलाकामा आगामी १० जुनबाट मेक्सिकोबाट आयातित सामानहरुमा १० प्रतिशत शुल्क बृद्धि गर्ने र कागज नभएका आप्रवासीहरुलाई सीमा पार गर्ने कडाई गरिने बताएपछि लोपेजले सो पत्र पठाएको हो ।

अमेरिका र मेक्सिको सीमा क्षेत्रमा अवस्था कुनै प्रगति नभएमा सन् २०१९ जुलाई १ बाट सीमा क्षेत्रको सीमा शुल्कमा १० प्रतिशत हुने ह्वाइट हाउसले बिहीबार साँझ जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।

ट्रम्पले मेक्सिकोको सीमा क्षेत्रमा सीमा शुल्क बढाउने विषयमा बारम्बार चेतावनी दिँदै आएका छन् । अमेरिका सीमा शुल्क विभाग र सीमा सुरक्षाबलले गत मार्च महिना मात्र १ लाख ३ हजार भन्दा बढी आप्रवासीलाई फर्काएका र अलपत्रमा परेका थिए ।

वि.सं.२०७६ जेठ १७ शुक्रवार १५:१४ मा प्रकाशित

Himalayan Life AD
गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

वासिङ्टन ।  भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार...

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग...