back

लुम्बिनी राष्ट्रिय काष्ठकला कार्यशाला सम्पन्न

वि.सं.२०७६ जेठ १७ शुक्रवार

321 

shares
GLOBAL IME AD
NTC AD

१७ जेठ, लुम्बिनी ‘पार्कलाई कलाले सजाऔँ, ऐतिहासिक देवदहलाई विश्वमा चिनाऔँ’ भन्ने मूल नाराका साथ एक हप्तादेखि देवदहमा सञ्चालित राष्ट्रिय काष्ठकला कार्यशाला बिहीबार सम्पन्न भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँ र बुद्ध सामुदायिक वन उपभोक्ता समूह देवदहको संयुक्त आयोजनामा सञ्चालित काष्ठकलाले बुद्ध मावलीको गरिमा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा अझै बढाएको समापन समारोहमा प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए ।

उनले देवदहमा आयोजित काष्ठकलामा सहभागी मूर्तिकारको प्रशंसा गर्दै प्राचीन कोलिय गणराज्यको झझल्को दिनेगरी बनाइएको मूर्तिको संरक्षणका लागि राज्यकोतर्फबाट आवश्यक सहयोग दिने बताए । सो अवसरमा प्रदेशसभा सदस्य डा कृष्ण न्यौपानेले देवदहको ऐतिहासिकता झल्किने गरी मूर्तिकारले एक हप्तासम्म गरेको मेहनत र परिश्रमले बुद्धकालीन सभ्यताको प्रतिकात्मक सन्देशलाई प्रवाह गर्न सहज बनाएको बताए।

देवदह नगरपालिकाका प्रमुख हीराबहादुर खत्रीले जङ्गलमा फालिएका काठलाई मूर्तिकारले सीप र कौशलले जीवन्त बनाएको बताए । नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानका सदस्यसचिव विपीन घिमिरेले देवदहमा कलाकारले देखाएको सीप र कौशलले कला र संस्कृतिको संरक्षणमा भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

ड्रिम देवदह युनिटी फर चेञ्जका संयोजक सिद्धीचरण भट्टराईले काम नलाग्ने काठका मुढालाई आकर्षक ढङ्गले प्राण भरेर कलाकारले राम्रो काम गरेको बताए । सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार तिलकराम आचार्यले देवदहको ऐतिहासिकताका लागि काष्ठकला कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताए ।

प्राज्ञ लालकाजी लामाले देवदहवासीका लागि मूर्तिकारले मायाको चिनो स्वरुप मायादेवी, प्रजापति, बुद्ध, सप्रबुद्ध लगायतको मूर्ति छाडेर जान लागेको बताउँदै त्यसको संरक्षणमा स्थानीयवासी तथा स्थानीय सरकार लाग्नुपर्ने बताए ।

सो कार्यशालामा बुद्धत्व झल्किने विभिन्न १७ वटा काठका मूर्ति तयार गरेर आयोजकलाई हस्तान्तरण गरिएको छ । उक्त मूर्ति स्थानीय आमा समूहको सहभागितामा राष्ट्रिय गौतमबुद्ध उद्यान समितिले संरक्षण गर्ने भएको छ ।

वि.सं.२०७६ जेठ १७ शुक्रवार १५:४६ मा प्रकाशित

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...