back

कविता : मुस्कान

वि.सं.२०७६ जेठ १८ शनिवार

7.2K 

shares

 

तिम्रा ति मोतीका दानारूपी
दन्तलहरको म कसरी प्रंशसा गर्न सक्छु प्रिया
जब तिमी मुस्कुराउँछ्यौं
तब अन्नपूर्ण र कन्चनजंगा हिमाल
मेरा अगाडि टक्क अडिएजस्तै लाग्छ
त्यो छोडिएको कालो तिम्रो केश
भरखर पहाड़बाट झरेको
झरना जस्तै लाग्छ प्रिया

जब तिमि मुस्कुराउछ्यौं
अनि ओठ खोलेर दन्तलहर देखाउछ्यौं
साँच्चै तिम्रा अगाडि पर्ने रामवादी पुरूष
क्षणभरमै तिमीप्रति मोहित भईदिन्छ
आफू राम हुँ भन्ने पनि उसले बिर्सन्छ

चन्द्रमा भन्दा पनि चम्किलो
मुस्कानरूपी रुप बनाउने ईश्वरले पनि
तिमिलाई बनाई सकेपछी
आफ्ना हातहरू, हजार पटक चुम्यो होला
अनि लाखौ पटक यहि भन्दै
क्या सुन्दरी बनाए भन्दै सोच्यो होला
करोडौपटक तिम्रो रूपको दर्शन गर्यो होला
हो प्रिया करोडौ पटक
तिम्रो रुपको दर्शन गर्यो होला

तिमी मुसुक्क मुस्कुराउँदा
दायाँ बायाँ परेका ति फेवाताल र रूपाताल
जस्ता डिम्पलले कयौँ पटक यो मुटु हल्लाईदियो
मुसुक्क हाँस्दै, लजाउँदै
ति हातले निधार अगाडि आएका कपाल
कान पछाडि लैजाँदा
तिमि स्वर्गबाट झरेकी
अप्सरा भन्दा राम्री थियौ प्रिया

चन्द्रमा भन्दा पनि चम्किलो
मुस्कानरूपी रुप बनाउने ईश्वरले पनि
तिमिलाई बनाई सकेपछी
आफ्ना हातहरू, हजार पटक चुम्यो होला
अनि लाखौ पटक यहि भन्दै
क्या सुन्दरी बनाए भन्दै सोच्यो होला
करोडौपटक तिम्रो रूपको दर्शन गर्यो होला
हो प्रिया करोडौ पटक
तिम्रो रुपको दर्शन गर्यो होला

म तिम्रो मुस्कानमा मोहित भए
म तिम्रा ति हिरारुपी दन्तलहरमा लिप्त भए
म तिम्रा झरना जस्तै कालो केशमा हराए
हो, प्रिया म तिम्रा ति मुस्कानहरुमा हराए ।

तिम्रो मुस्कानरूपी रूप देखेपछी
माथि आकाशमा रहेकी चन्द्रमा पनि
डाहाँले जलेर खरानी हुन्छिन् होला
स्वर्गका अप्सराहरू
तिमिलाई बनाउने माथि जाई लाग्छन होला !

हरेक पुरूषलाई भ्रममा पार्ने
तिमीसँग आईटम बम मुस्कान छ प्रिया
यी मेरा आँखाहरूले तिम्रो मुस्कान
मेरो नजिकबाट तिमी विलय
नभएसम्म हेरी रहन्छन
हेरी रहन्छन, हो प्रिया हेरिरहन्छन् ।।

वि.सं.२०७६ जेठ १८ शनिवार ०५:३९ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ १. समृद्धि ल्याउँछु भनी गफैमा...

कविता : खोल्ने भएछन् दल

कविता : खोल्ने भएछन् दल

घनश्याम पौडेल, पोखरा, कास्की राम्रा मानिस सर्दछन् पर अझै पर्ला...

कविता : मणिकल्प

कविता : मणिकल्प

चन्द्रमणि अधिकारी (अभिनव व्यास) तनहुँ, नेपाल छु ल्याएको हाँस्दै अभिनव...

कविता : धरतीको आत्मावाणी

कविता : धरतीको आत्मावाणी

यम रेग्मी, दाङ मेरो यो तनमाझ भ्रष्ट जनले पारे अनेकौं...

कविता : आखिर जल्नै पर्छ

कविता : आखिर जल्नै पर्छ

विदुर अधिकारी,चितवन तेरो मेरो भन्दै जीवन, तिक्त बनायौँ भवमा स्वार्थी...

कविता : माटाको आग्रह

कविता : माटाको आग्रह

हृषीकेश बराल,पोखरा –२६ कास्की मेरो जीउ जिमी मरुस्थल भयो चीत्कार...