back

टुहुरा बालबालिकालाई भत्ता

वि.सं.२०७६ जेठ १८ शनिवार

375 

shares
GLOBAL IME AD
NTC AD

बैतडी । दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिका(Orphan Children)लाई भत्ता वितरण गरिने भएको छ । यहाँका २० टुहुरा बालबालिकालाई मासिक रू दुई हजारका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए ।

माध्यमिक तहसम्म अध्ययनरत त्यस्ता बालबालिकालाई पढाइमा सहयोग पु¥याउने उद्देश्यले चालू आर्थिक वर्षको साउनदेखि मासिक रु दुई हजारका दरले भत्ता दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । उनले भनिन्, “टुहुरा बालबालिले आमा बुबाको अभाव महसुस नगरुन् र उनीहरूको पढाइमा कुनै किसिमको समस्या नहोस् भनेर भत्ता दिन लागेका हौँ ।”

उपाध्यक्ष कार्कीले जोड दिइन्, “भत्ताले गरीबी निवारण र अशिक्षा कारण २० वर्ष नपुग्दै गरिने बिहे पनि अन्त्य हुने अपेक्षा गरेका छौँ ।”

वि.सं.२०७६ जेठ १८ शनिवार १३:२३ मा प्रकाशित

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...