back

मङ्गलामा कृषि विज्ञान विषयको पठनपाठन शुरु

वि.सं.२०७६ जेठ १८ शनिवार

369 

shares
GLOBAL IME AD
NTC AD

कृषि विज्ञानतर्फ कम्प्युटर एप्लिकेशन, एग्रोनोमी, हर्टीकल्चर, सोयल एक्टेन्सन र पलान्ट प्रोटेक्सन विषयको पढाइ हुने

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मङ्गला माविमा कृषि विज्ञान (Argo Science) विषयको पठनपाठन शुरु भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक तथा व्यावसायिक विषय अन्तर्गत चालू शैक्षिक सत्रदेखि उक्त विषयको पठनपाठन शुरु गरिएका सो माविमा कक्षा ९ देखि १२ सम्म पठनपाठन हुने विद्यालयका कार्यक्रम संयोजक हुमनाथ पाण्डेले बताए । अठचालिस विद्यार्थीको कोटामध्ये यस वर्ष ४५ जना भर्ना भइसकेका र तीमध्ये २३ छात्रा र २२ छात्र छन् ।

वार्षिक एक हजार पूर्णाकको १० विषयमध्ये चार वटा सामान्य र छ वटा कृषि विज्ञानसँग सम्बन्धित विषयको पढाइ हुने सहायक प्रशिक्षक सन्दीप केसीले बताए । कृषि विज्ञानतर्फ कम्प्युटर एप्लिकेशन, एग्रोनोमी, हर्टीकल्चर, सोयल एक्टेन्सन र पलान्ट प्रोटेक्सन विषयको पढाइ हुने उनको भनाइ थियो ।

कृषि क्षेत्रको लागि आवश्यक दक्ष र योग्य जनशक्ति तयार पार्ने तथा स्वरोजगारको अवसर सिर्जना गर्ने सरकारको नीतिअनुसार यस वर्ष बाबियाचौरका साथै रघुगङ्गा गाउँपालिका–२ भगवतीको मुक्तिधाम माविमा कृषि विज्ञान विषयको पठनपाठन शुरु भएको छ ।

देशभित्र तथा विदेशमा रोजगारको अवसर भएको र जागिर नपाए हासिल गरेको शैक्षिक ज्ञानसीपले आफैँ स्वरोजगार बन्ने सम्भावना भएकाले कृषि विज्ञान विषय पढ्न थालेको विद्यार्थीहरूले बताएका छन् । उक्त माविमा यसअघि कक्षा १२ सम्मको पठनपाठन सञ्चालन हुँदै आएको थियो । कृषि विज्ञान विषयको पठनपाठन शुरु भएपछि थप भौतिक पूर्वाधारको व्यवस्थापनका लागि पहल गरिएको प्रअ गमबहादुर खत्रीले बताए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत् चार कोठे भवन निर्माणाधीन छ । यसअघि तत्कालीन शिक्षा कार्यालयको सहयोगमा चार कोठे पक्की भवन निर्माण भएको थियो । पुरानो भवन जीर्ण भएकाले त्यसलाई पुनःनिर्माण गर्न र छात्रावासको लागि भवन निर्माण गर्न लागिएकोे प्रअ केसीले बताए ।

वि.सं.२०७६ जेठ १८ शनिवार १३:२७ मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...