
१८ जेष्ठ, पर्वत । अजोड इन्स्योरेन्स कम्पनी(Ajod Insurance Limited)ले पर्वतमा आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।यद्यपि कम्पनिले यस अघिनै पर्वतमा आफ्नो सेवा सुरु गरिसकेको थियो । कार्यक्रमका प्रमुख अथिति बिमा समितिका अध्यक्ष चिरन्जिबि चापागाई र कम्पनीका सन्चालक आजाद श्रेष्ठले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका छन्। कार्यक्रममा पर्वतका बिभिन्न उद्योगी, ब्यापारी तथा बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त दिदै अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखा कार्यालयका प्रमुख हरि सुबेदिले कम्पनि औपचारिक रुपमा सुरु नहुँदै पनि छोटो समयमानै धेरै अगाडी बढ्न सफल रहेको तथा एउटा खुड्किलो पार गरिसकेको र जनताको यस्तै माया तथा विश्वास पाएको खण्डमा अझ घेरै अगाडी बढ्ने बिश्वास गरे । यस्तै मन्तब्यकै क्रममा उनले अजोड इन्स्योरेन्सको उद्देश्य भनेको छिटो छरितो सेवा दिने, विजनेस लिने मात्र नभई सेवा पनि चुस्त दिने रहेको बताए ।

त्यस्तैगरी, मन्तब्यकै क्रममा बोल्दै अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले कम्पनि २०७५ आषाढ २१ गते बाट औपचारिक सुरु भएको कम्पनिले छोटै अवधीमा देशैभरि शाखाहरु खोलेर सेवा विस्तार गर्न सफल भएको बताए । उनले उक्त इन्स्योरेन्समा १०४ जना संस्थापक सेयर धनी रहेको तथा सम्पुर्ण सेयरधनीहरु यस क्षेत्रमा लामो समयदेखि काम गर्दे आएका तथा अनुभवि रहेकोले कम्पनीले राम्रो तथा स्तरिय सेवा दिने कुरामा जोड दिए । त्यस्तै कंपनिको चुक्ता पूँजी एक अर्व रहेको जसमा सत्तरी करोड संस्थापक सेयरधनीबाट आएको र बाकीँ तिस प्रतिशत भने आइपिओ जारी गरि पुरा गरिने जानकारी दिए ।
शुभकामना मन्तब्य दिने क्रममा कुस्मा नगरपालिका वडा न ७ का वडा अध्यक्ष सुबास पौडेलले बोल्दै कम्पनी छोटो समयमा नै स्थापीत हुन सकेकोमा बधाई दिँदै छिटो छरितो तथा स्तरिय सेवा दिनेमा विश्वास ब्यक्त गरे । यस्तै उध्योग बाणिज्य सङ्का सदस्य खड्ग प्रसाद खनालले इन्स्योरेन्स कंपनिको प्रगतिको लागी शुभकामना ब्यक्त गरे ।
प्रमुख अतिथी बिमा समितिका अध्यक्ष चिरिञ्जिबी चापागाईले पर्वतमा इमान्दार व्यवसायीहरुको ठाँउ भएकोले कम्पनिले पनि इमान्दारिता तथा ढुक्कताका साथ कार्य गर्नु पर्ने सुझाव दिए । उनले बिगतमा भन्दा नेपालीहरुको जिवन तथा निर्जिवन बिमा क्षेत्रमा धेरै पँहुच बिस्तार भएको पनि बताए । बिमा समितिले दिएका सुझावहरु सरकारले मनन् गर्दै बजेटमा सम्बोधन गरेको बताउँदै वोयदरबेस इन्स्योरेस गराउने पनि बताए । वेदरबेस इन्डेक्स इन्स्योरेन्स जुम्लामा जारी भैसकेको पनि बताएका थिए । साथै उनले घुम्ती बिमा परियोजनाको बिषयमा पनि बोलेका थिए । दाबि भुक्तानीको ढिलाई सम्बन्धमा बोल्दै उनले त्यस्तो नरहेको यदि भएको खण्डमा बिमा समितिमा निबेदन दिन आग्रह गरे साथै अब ४५ दिनभित्रमा दाबि भुक्तानी फर्चोट गर्ने लक्ष्य रहेको बताए ।
कार्यक्रममा कमपनिले ३६५ दिन नै सेवा दिने, फास्ट ट्रयाकबाट दाबी भूक्तानी दिने, कंपनिको डिजिटल सेवा बिस्तार गर्ने जस्ता बिषयहरुमा जानाकारी दिइएको थियो।
कार्यक्रमको समापन तथा धन्यबाद ज्ञापन गर्दै अध्यक्ष आजाद श्रेष्ठले, कम्पनिसँग सम्बन्धीत बिषयहरुमा थप स्पष्ट पारे ।
कार्यक्रममा वडा न ४, ५, ६ का वडा अध्यक्ष क्रमश मीना कर्माचार्य, सीता शर्मा, रुद्र गिरी, कृषी ज्ञान केन्द्रका कार्यालय प्रमुख बासुदेब रेग्मी र पशु सेवा कुस्मा शाखाका प्रमुख राम्जी पौडेलको उपस्थिति रहेको थियो ।
कार्यक्रम सञ्चालन कम्पनीका सहायक महाप्रबन्धक महेश राज खरेलले गरेका थिए ।
वि.सं.२०७६ जेठ १८ शनिवार १५:०४ मा प्रकाशित




























