back

एनआरएनए फिनल्याण्डको साधारणसभा ३१ अगस्तमा

वि.सं.२०७६ जेठ १९ आइतवार

483 

shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) फिनल्याण्डको छैटौं साधारणसभा ३१ अगस्तमा हुने भएको छ ।

संस्थाको २०१९-२०२१ का लागि नयाँ कार्यसमिति चयनका लागि संघले डा. शम्भुप्रसाद शाह संयोजकत्वमा डा.भवानी चौलागाईं सहसंयोजक र गेरिना राणा, डा.सन्दिप ताम्राकार र डा.प्रज्वल वस्ती सदस्य रहेको पाँच सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ ।

संघले आफ्ना सदस्यहरुलाई सदस्यता नविकरणका लागि अनुरोध गर्दै फिनल्याण्डमा बसोबास गरिरहेका सबै नेपालीहरुलाई एनआरएनएमा आवद्ध हुनका लागि समेत आव्हान गरेको छ । उक्त सदस्यता http://nrna.fi/become-a-member/  मा गएर लिन सकिनेछ ।

एनआरएनए फिनल्याण्डमा आवद्ध सदस्यहरुले मात्र निर्वाचनमा उम्मेदवार बन्न र निर्वाचन प्रक्रियामा सहभागी हुन सकिने बताउँदै निर्वाचन समितिले निकट भविष्यमै उम्मेदवारी, निर्वाचन विधि लगायतका विषयमा प्रष्ट्याउने पनि संघका अध्यक्ष बसन्त गौतमले बताएका छन् ।

‘एनआरएनए फिनल्याण्डलाई यहाँको नेपाली समुदायको साझा संस्थाको रुपमा थप क्रियाशिल बनाउने महत्वपूर्ण टीम निर्माण गर्ने सु–अवसर फेरि एकपटक प्राप्त हुंदैछ । तसर्थ आफ्नो नवीन सोच र जाँगरमार्फत एनआरएनए फिनल्याण्डलाई हामी सबैको साझा र शसक्त संस्थाको रुपमा विकास गर्नका लागि एनआरएनए फिनल्याण्डको सदस्यता लिई आफुले चाहेजस्तो कार्यकारी समुह निर्माण गर्ने कार्यमा सरिक हुन हामी सम्पूर्ण फिनल्याण्डवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक आह्वान गर्दछौं ।’ संघद्धारा जारी सूचनामा भनिएको छ ।

वि.सं.२०७६ जेठ १९ आइतवार १०:१३ मा प्रकाशित

Himalayan Life AD
एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

अफ्रिका । एनआरएनए एकताको खुशीको शन्देस बाड्न एनआरएनएका अध्यक्ष महेशकुमार...

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...