back

पर्वतको बिहादी र पैंयुमा नेकपाको सपथ ग्रहण

वि.सं.२०७६ जेठ १९ आइतवार

495 

shares


१९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतका बिहादी र पैयुका गाउँ कमिटीका पदाधिकारि र सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।
नेकपाको विहादी गाउँ सङ्गठन कमिटीको आयोजनामा विहादी गाउँपालिकामा शनिबार सम्पन्न नेकपाको शपथग्रहण तथा पालिका कमिटीको पहिलो बैठकका अवसरमा उनीहरुले शपथग्रहग गरेका हुन् ।

नेकपा केन्द्रिय सदस्य गुप्तबहादुर हमालले नवगठित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई शपथग्रहण गराएका थिए ।
शपथग्रहण गराउँदै केन्द्रिय सदस्य हमालले पार्टीलाई वडा देखि केन्द्रसम्म मजबुत बनाएर लैजानुपर्ने धारणा व्यक्त गरे । आगामी निर्वाचनमा पनि राम्रो परिणाम हासिल गर्नका लागि पार्टीका सवै संगठनहरुलाई मजबुत बनाउनुपर्ने उनको भनाई छ । उनले सरकारले ल्याएको आगामी बर्षको बजेटले घोषणापत्रमा समेटिएका अधिकांस प्रतिबद्धता पुरा भएको बताउँदै बजेटको सफल कार्यान्वयनका लागि ध्यान दिन आग्रह गरेका थिए । । उनले विकास निर्माणलाई समयमै र गुणस्तरीय रुपमा सम्पन्न गर्नका लागि आ–आफ्नो ठाउँमा निगरानी बढाउन पनि आग्रह गरेका थिए।

कार्यक्रममा नेकपाका जिल्ला सचिब तथा प्रदेश किमिट सदस्य सुदिप कुँवरले सरकारका कामहरुको लाभान्वित जनतासम्म प्रतिफल पु¥याउन तथा प्रतिपक्षीका नकारात्मक हमलाको डटेर सामना गर्न आग्रह गरे । उनले गाउँ गाउँमा पार्टीका गतिविधि प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्ने बताए ।

नेकपा विहादी गाउँ संगठन कमिटीका अध्यक्ष सविन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, माती पौडेल, राम गिरी, मनरुपा सुवेदी, जिल्ला सदस्य भुक्त कुँवर, पदमपाणी शर्मा र गोविन्द पहाडी लगायतले सम्वोधन गरेका थिए । पार्टी एकतापछि विहादी गाउँपालिकामा ७७ सदस्यीय कमिटी गठन भएको छ ।

त्यसैगरी पैंयु गाउँपालिकामा पनि सपथ ग्रहण तथा प्रथम वैठक सम्पन्न भएको छ । चोकलाल न्यौपानेको अध्यक्षता र रेशम सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । पैयुँ गाउँपालिकामा ७३ सदस्यीय कमिटी बनाइएको छ ।

वि.सं.२०७६ जेठ १९ आइतवार १०:२१ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...